Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • न ओली सरकारले बजेट पास गर्न सक्छ, न बैकल्पिक सरकार बन्न ! : डा बाबुराम भट्टराई


    मंगलबार, जेष्ठ ४ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । जनता समाजवादीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले ओली सरकारले बजेट पास गर्न नसक्ने उल्लेख गरेका छन्।

    मंगलबार बिहान समाजिक सञ्जाल ट्वीटरमार्फत डा. भट्टराईले एकातिर कोरोना महामारी अर्कोतिर अन्त्यहीन राजनीतिक गतिरोधका कारण देश संकटमा फस्न लागेको भन्दै केपी शर्मा ओली नेतृत्वको सरकारले बजेट पास गर्न नसक्ने उल्लेख गरेका हुन्।

    ‘देश गम्भीर संकटमा फस्दैछ । एकातिर कोरोना महामारी,अर्कोतिर अन्त्यहीन राजनीतिक गतिरोध ! न ओली सरकारले नीति/कार्यक्रम र बजेट पास गर्न सक्छ न बैकल्पिक सरकार बन्न !’, डा भट्टराईले भनेका छन्,
    ‘संविधानका स्तम्भ एकएक गरी ढल्दैछन् ! सबै पार्टी/नेता निरीह ! सर्पको मुखका भ्यागुता ! अनि राष्ट्रिय एकताको कुरा गर्नु अपराध हुन्छ ?’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार