Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • ओली विपक्षीकाे अन्तिम अस्त्र, महन्थ प्रधानमन्त्री


    मंगलबार, जेष्ठ ४ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । सोमबार मन्त्रिपरिषद् बैठकमा  प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत छिट्टै लिने बताएका छन्। 

    विश्वासको मत लिन ओलीले जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षको साथ लिन प्रयास गरिरहेका छन् । ठाकुरले उठाएको माग पूरा गरेर अगाडि बढ्ने उनको तयारी देखिदैछ ।

    ठाकुर पनि ओलीप्रति सकारात्मक देखिएका छन् । यसअघि तटस्थ बसेर ठाकुरले ओलीको प्रधानमन्त्री बन्नसक्ने अवस्था सृजनामा सहयोगी बनिदिएका थिए ।

    ठाकुर ओलीसँग नजिकिएपछि नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रसहितको ओलीविरोधी गठबन्धनले उनलाई छुटाउने प्रयासहरु गररहेका छन् ।  त्यसका लागि उनलाई नै प्रधानमन्त्रीको प्रस्ताव गर्ने प्रयास समेत भएको छ । 

    देउवा र प्रचण्ड तयार भएमा ठाकुर प्रधानमन्त्री बन्ने सम्भावना बलियो रहन्छ । त्यतिबेला ओलीको विश्वासको मत लिन सफल हुने सम्भावना टर्छ र फेरि प्रधानमन्त्री बन्ने ढोका पनि बन्द हुनसक्छ । ओलीको हातबाट चुनावी सरकारको नेतृत्व लिने रणनीति पनि विफल हुनसक्छ ।

    ओलीविरोधी गठबन्धनले अन्तिम अस्त्रका रुपमा महन्थलाई प्रधानमन्त्री बनाउने प्रस्ताव लानसक्ने सम्भावना देखिएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार