Nepal Face
  • आइतबार, १० साउन २०८३
  • श्रीमती राष्ट्रपति र मदनको उत्तराधिकारी दावी गर्ने प्रधानमन्त्री सत्तामा हुँदा रहस्यमय मृत्युको छानवीन गरौँ : बाबुराम भट्टराई


    सोमबार, जेष्ठ ३ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका नेता स्वर्गीय मदन भण्डारीको आज २८ औँ स्मृति दिवस । आज भन्दा ठीक २८ बर्ष अगाडि विसं २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा सडक दुर्घटनामा परी भण्डारीको मृत्यु भएको थियो। 

    कम्युनिष्ट आन्दोलनका धरोहरदेखि आमनेपालीको मनमा बसेका भण्डारीलाई धेरैले आजपनि सम्झिरहेका छन् ।

    यसैबीच, जनता समाजवादी पार्टी (जसपा)का संघिय परिषद अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भण्डारीको २८ औँ स्मृति दिवसको दिन श्रद्दा सुमन ब्यक्त गर्दै दासढुंगामा रहस्यमय मृत्युको भन्दै निस्पक्ष छानविन गर्न माग गरेका छन्। 

    सामाजिक सञ्जालमार्फत नेता भण्डारीलाई सम्झिएका भट्टराईले आफ्नै श्रीमती विद्यादेवी भण्डारी राष्ट्रपति र मदनको उत्तराधिकारी दावी गर्ने  केपी शर्मा ओली  प्रधानमन्त्री भएको बेला रहस्यमय मृत्युको निस्पक्ष छानविन गर्न माग गरेका हुन्। 

    फेसबुकमा भट्टराईले लेखेका छन्, ‘२०५० जेठ ३ गते दासढुंगामा रहस्यमय मृत्युवरण गर्नुभएका नेताहरू मदन-आश्रितप्रति हार्दिक श्रद्धासुमन ! मदनपत्नी राष्ट्रपति र मदनको उत्तराधिकारी दावी गर्ने प्रम भएको बेला उच्चस्तरीय निष्पक्ष छानवीन गरेर त्यो रहस्यको अन्तिम निर्क्योल गरौं । नत्र वहॉहरूको नाउॅमा स्वार्थको रोटी सेक्न छोडौं !’

    <blockquote class=”twitter-tweet”><p lang=”ne” dir=”ltr”>२०५०जेठ३गते दासढंुगामा रहस्यमय मृत्युवरण गर्नुभएका नेताहरू मदन-आश्रितप्रति हार्दिक श्रद्धासुमन! मदनपत्नी राष्ट्रपति र मदनको उत्तराधिकारी दावी गर्ने प्रम भएको बेला उच्चस्तरीय निष्पक्ष छानवीन गरेर त्यो रहस्यको अन्तिम निर्क्योल गरौं। नत्र वहाॅहरूको नाउॅमा स्वार्थको रोटी सेक्न छोडौं! <a href=”https://t.co/FLWKb1bqSi”>pic.twitter.com/FLWKb1bqSi</a></p>&mdash; Baburam Bhattarai (@brb1954) <a href=”https://twitter.com/brb1954/status/1394115895882969088?ref_src=twsrc%5Etfw”>May 17, 2021</a></blockquote> <script async src=”https://platform.twitter.com/widgets.js” charset=”utf-8″></script>

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार