Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • संसदबाटै बजेट ल्याउने संकेत गर्दै ओलीले भने– संसद् जिवितै छ


    आइतबार, जेष्ठ २ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाटै बजेट ल्याउने संकेत दिएका छन् ।

    ‘बजेट कसरी आउँछ’ भन्ने प्रश्नमा संसद् जिवितै रहेको प्रक्रिया दिदै ओलीले । नियमित प्रक्रियाबाटै बजेट आउने बताएका हुन् ।

    आइतबार प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट बाहिरिँदै ओलीले भने, ‘पार्लियामेन्ट जिउँदै छ ।’ ओली संविधानको धारा ७६ (३) अनुसार संसद्को ठूलो दलका हैसियतमा प्रधानमन्त्री बनेकाले कतिपयले अध्यादेशबाट बजेट ल्याइन सक्ने अनुमान गरिरहेका छन् । तर प्रधानमन्त्री ओलीले भने संसदबाटै बजेट ल्याइने संकेत दिएका छन् ।

    यसका लागि संसदमा प्रधानमन्त्री ओलीले बहुमत जुटाउनुपर्ने हुन्छ । तर एमालेसँग संसद्मा १२१ सिट मात्रै छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार