Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • बादलका कारण एमालेको आन्तरिक विवादमा नयाँ माेड, ओली ब्याक नहुने नेपाल पक्षकाे आशंका


    आइतबार, जेष्ठ २ २०७८
    1.5K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका नेता रामबहादुर थापा बादलका कारण नेकपा (एमाले) भित्रको आन्तरिक विवादले नयाँ माेड लिएकाे छ ।

    अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच बैशाख ३० गते भएको चार घण्टा लामो भेटवार्तामा नेता बादलको पनि सहभागिता भएपछि विवादले नयाँ माेड लिएकाे हाे।

    बादलको सहभागिताले पार्टी ०७५ जेठ २ मा पनि नफर्कने र फागुन २८ गतेपछिका निर्णयबाट पनि ओली ब्याक नहुने कुरा प्रष्टै भएकाे नेपाल पक्षको बुझाई छ । 

    नेपाल पक्षको हिजो बसेको जुम बैठकमा सहभागी नेताहरुले अध्यक्ष ओलीले धोका दिन लागेको टिप्पणी गर्दै ओलीसँग वार्ता तथा छलफलमा अल्झिनुभन्दापनि अब छुट्टै पार्टी गठन गरेर अघि बढ्दा नै बेश हुने सुझाव दिएका थिए ।

    आजपनि नेता नेपाल र ओलीबीच निर्णायक वार्ता हुँदैछ । आजको वार्ता सुखद् नभए नेता नेपाल पक्षले फेरि पनि सामूहिक राजीनामा दिएर अघि बढ्नुपर्नेमा पुगेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार