काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले वरिष्ठ नेता माधवकुमार नेपालले ६ बुँदे सर्तअनुसार पार्टी अध्यक्ष केपी शर्मा ओली अघि बढ्न तयार भएकाे बताउँदै ‘वार्ता थालिएको’ प्रस्ट पारेका छन् ।
बिहीबार र शुक्रबार ओलीसँग भएको छलफलबारे शुक्रबार ‘जुम’ बैठकमार्फत जानकारी गराउँदै उनले ‘कार्यदल गठनसहित विवाद समाधान गर्ने सहमति भएको’समेत प्रस्ट पारे । ओलीले २८ फागुनको निर्णय खारेज गरेर २ जेठ २०७५ मा जाने प्रतिबद्धता जनाएपछि कार्यदल बनाउने सहमति जुटेको हो ।
शुक्रबारको छलफलअनुसार शनिबार बिहानसम्म कार्यदल सदस्य टुंगो लगाउने सहमति भए पनि त्यसो भने हुन सकेन ।
एमाले सचिव गोकर्ण विष्टका अनुसार शनिबार साँझसम्म पनि कार्यदल सदस्य टुंगो लागेन । एमाले विवाद समाधान गर्न शुक्रबार सिंहदरबारमा बसेको ओली–नेपाल समूह छलफलमा रामबहादुर थापा ‘बादल’को सहभागिताप्रति समेत केन्द्रीय सदस्यले आपत्ति जनाए । बादल माओवादी केन्द्रबाट एमाले प्रवेश गरे पनि २ जेठ २०७५ को अवस्थामा उनी एमाले नभएकाले उनीहरूले आपत्ति जनाए ।
कार्यदल बनाएर माओवादी केन्द्रबाट आएकालाई जिम्मेवारी दिनेमा दुवै समूह नेता सहमत भए पनि छलफलमा ओलीले बादललाई सहभागी गराएपछि नेपाल समूहका नेताले आशंका व्यक्त गरेका छन् ।
एमाले केन्द्रीय सदस्य राजेन्द्र राईले सहमतिका नाममा अल्मल्याउने नीति रहेकाले सचेत हुनुपर्ने बताए । कार्यदल बनाएर छिट्टै समस्या समाधान नभएको अवस्थामा फेरि मनोमानी गर्न खोज्ने भएकाले नयाँ दल गठन प्रक्रिया अघि बढाउन नै उपयुक्त हुने सुझाव उनको छ ।
‘सहमति गरेर पार्टी एकता जोगाउने कुराको विरोधी हामी होइनौं तर गठन भइसकेका कमिटी व्यवस्थापनका साथै नेताको सम्मानजन जिम्मेवारी नदिएर अल्मल्याउने खेल पो हु“दै छ कि भन्नेतर्फ सचेत हुनैपर्छ,’ राईले भने, ‘नेताको सम्मानजक व्यवस्थापन नहुने र अल्मल्याउने खेल हुने हो भने नयाँ दल गठन गरेर अघि बढ्दा राम्रो हुनेछ ।’
एमालेको झगडा मिलाउन बादलको कुनै आवश्यकता नभएको बताउँदै उनले विवाद समाधानपछि उनीस“गै पार्टीको काम गर्न सकिने बताए ।
ओली र नेपालबीच हुने छलफलमा अहिले बादलको आवश्यकता नभएको तर ओलीले छलफलमा लिएर आउनुको पछाडि २ जेठमा फर्किन नचाहेको पुष्टि हुने उनको आँकलन छ ।
नेपाल समूहले एमाले ब्युँताउने सर्वोच्च अदालतको २३ फागुनको फैसलाअनुसार २ जेठ २०७५ अघि एमाले पार्टी संरचना, विधान र नेतृत्व कायम हुनुपर्ने अडान लिँदै आएको छ । तर, आफूलाई सहयोग गर्दै आएका पूर्वमाओवादी केन्द्रका नेतालाई पार्टीमा जिम्मेवारी दिनुपर्ने अडानमा ओली छन् ।
नेपाल समूहले २ जेठ २०७५ को पार्टी कमिटी बैठक राखेर एमाले प्रवेश गरेकालाई सहभागी गराउन सकिने मध्यमार्गी सुझाव दिँदै आएको छ । एमाले केन्द्रीय सदस्य दिलु पन्तले स्वार्थ पूरा गर्न जस्तोसुकै सहमति गर्ने अध्यक्षले पूरा भएपछि उल्लंघन गर्न सक्ने’ आरोप लगाइन् । (राजधानी दैनिकबाट)
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend