Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पछि सर्याे कांग्रेस-माओवादी, फेरि ओली नै प्रधानमन्त्री बन्ने


    बिहिबार, बैशाख ३० २०७८
    1.7K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र बहुमतको सरकारको दाबी गर्ने सम्भावना न्युन भएको बताउदै नयाँ सरकार गठन प्रक्रियाबाट पछि सरेका छन् ।

    एमालेका नेपाल पक्षधर २० प्रत्यक्ष निर्वाचित सांसदहरुको राजीनामा सरेसँगै, जसपा पनि एकजुट भएर नआएपछि बहुमत नै नपुग्ने अवस्थामा सरकारको दाबी गर्दै राष्ट्रपतिसमक्ष गएर केहि अर्थ नहुने बताउदै नयाँ सरकार गठनको प्रक्रियाबाट पछि सरेका हुन् ।

    बहुमतको सरकार गठनका लागि प्रतिनिधिसभाका १३६ सांसदको समर्थन आवश्यक पर्छ । तर नेपाली कांग्रेससँग ६१ (दुई निलम्बित) र नेकपा माओवादी केन्द्रसँग ४९ सांसद मात्र छन् ।

    सरकार गठनमा बहुमत पुर्‍याउन कांग्रेस र माओवादी केन्द्रले माधवकुमार नेपाल पक्षका सांसदको राजीनामा आशा गरेका थिए तर नेपाल पक्षले तत्काल राजीनामा नदिने भएपछि बहुमतको सरकार गठनका लागि सांसदहरूकाे संख्या नै नपुग्ने देखिन्छ ।

    यससँगै एमाले अध्यक्ष केपी शर्मा ओली नै प्रधानमन्त्री बन्ने लगभग पक्का भएको छ । उनी जनता समाजवादी पार्टीको महन्थ-राजेन्द्र समूहका सांसदको समर्थन लिएर बहुमतको प्रधानमन्त्री नै दावी गर्ने वा संविधानको धारा ७६ (३) अनुसार अल्पमतको प्रधानमन्त्री बन्ने भन्ने प्रष्ट छैन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार