काठमाडौं। संसदको अंकगणितले नेपाली कांग्रसका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्न बहुमत नपुग्ने देखिएकाे छ ।
२७ वैशाखको मध्यराति महन्थ ठाकुरले राष्ट्रपति भण्डारीलाई पत्र लेखी पार्टी सत्ताको गठबन्धनमा नरहेको जानकारी गराउनु ।
नेकपा एमालेका माधव नेपाल समूहका २० सांसदको राजीनामा लगभग टर्नु । राजीनामा दिएपछि उपेन्द्र यादव समूहले १४ सांसद पुर्याउन नसक्ने अवस्था बन्नु ।
यसरी हेर्दा लगभग देउवालाई प्रधानमन्त्री बन्न बहुमत नपुग्ने देखिन्छ ।
देउवालाई प्रधानमन्त्री बन्न बहुमत नपुग्ने देखिएपछि विकल्पमा ओली नै प्रतिनिधि सभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतले प्रधानमन्त्री बन्ने अवस्था बनेको छ ।
कित अब उनलाई रोक्न जसपालाई एकढिक्का बनाएर ओलीविरोधी गठबन्धनमा ल्याउनुबाहेक विकल्प देखिदैन ।
ओलीलाई फेरि प्रधानमन्त्री बन्न नदिन विरोधी गठबन्धनसँग अब एउटामात्र विकल्प बाँकी देखिएको छ । त्याे हाे महन्थलाई प्रधानमन्त्री दिने ।
ओलीलाई पछिपार्न अब जसपाले सरकारको नेतृत्व पाउने अवस्थामा मात्र सम्भव देखिएको छ ।