काठमाडौं । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले कोभिडविरुद्धको लडाइँमा सरकारले गैरजिम्मेवार र नालायकीपन देखाएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।
नेता श्रेष्ठले बिहीबार विहान सामाजिक सञ्जालमा सरकारले महामारीको बेलामा गर्न सक्ने काम पनि नगरेको भन्दै अक्सिजन नपाएर कोरोना संक्रमित मरे पनि सरकार टुलुटुलु हेरेर बसिरहेको बताएका छन्।
यस्तो छ श्रेष्ठको भनाइ:
यो सरकारको गैरजिम्मेवारी र नालायकीको हद भयो।
आइसियु र भेम्टिलेटरको कुरा छाडौं, अक्सिजन नपाएर कोभिड बिरामी हेर्दा हेर्दै मरिरहेका छन्।
उपचारमा खटिएका चिकित्सक एवं नर्सहरु त्यो दृश्य टुलुटुलु हेर्नु परेकोमा रुँदै कराइरहेका छन्। राजधानीका कतिपय ठूला अस्पतालले भर्ना भई उपचाररत कोभिड बिरामीलाई अक्सिजनको अभावका कारण उपचार गर्न नसकिने भन्दै अस्पतालबाट बाहिर पठाइरहेका छन् भने कतिपय अस्पतालले अब कोभिड बिरामी भर्ना गर्न नसकिने सूचना सार्वजनिक गरेका छन्।
बुटवल लगायतका अस्पतालले आधा घण्टा अक्सिजन बन्द भएकाले केही बिरामीको मृत्यु भएको कुरा बताएका छन् भने हिजो मात्र कोभिड महामारीबाट जनतालाई बचाउन रातदिन नभनी खटिरहनु भएका ट्रमा सेन्टरका डाइरेक्टर डा सन्तोषले समेत अक्सिजनको अभावमा बिरामीको ज्यान गइरहेको भन्दै अक्सिजनको लागि हारगुहार गर्नुभएको छ।
यसरी गर्न सक्ने काम पनि नगरी जनता “मारेर” बस्न कसरी सकेको छ सरकार?
यसपटक अग्रपंक्तिमा खटिरहेका चिकित्सक, नर्स र स्वास्थ्यकर्मीको असाधारण नमूनायोग्य कामको सम्मान र अनुसरण गर्दै महामारीबाट जनता बचाउन आ-आफ्नो ठाँउबाट जे-जे गर्न सकिन्छ, सबै लागौं।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend