Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • मध्यराति महन्थ ठाकुरको विज्ञप्ति, नयाँ सरकार गठनमा सहभागी नहुने


    मंगलबार, बैशाख २८ २०७८
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले नयाँ सरकार गठन आफ्नो पार्टीको प्राथमिकता नरहेको उल्लेख गरेका छन् ।

    सोमबार राति विज्ञप्ति जारी गर्दै अध्यक्ष ठाकुरले जसपा नेपाल सत्ता प्राप्तिभन्दा एजेण्डा सम्बोधनको विषयमा केन्द्रीत रहेको उल्लेख गरेका हुन् ।

    ‘वर्तमान राजनीतिक परिस्थितिमा जसपा नेपाल सत्ता प्राप्तिभन्दा एजेण्डा सम्बोधन नै जसपा नेपालको मूल ध्येय रहेको अवस्थामा मुद्दाबाट विचलित भई सरकार निर्माण गर्ने, सरकारमा सहभागी हुने वा कुनै पनि किसिमको वैकल्पिक सरकार गठनमा संलग्न हुने कार्य जसपा नेपालको उद्देश्य विपरीत हो,’ ठाकुरले  विज्ञप्ति मार्फत् भनेका छन् । 

    आन्दोलनको क्रममा लागेकाहरुको मुद्दा फिर्ता, बन्दी रिहाइ, नागरिकता, संविधान संशोधन लगायतका सवालहरुमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग वार्ता सकारात्मक रुपले अगाडि बढिरहेको भन्दै उनले नयाँ सरकार गठनमा सहभागी नहुने घोषणा गरेका छन् ।

    FB_IMG_16206802124790085-450x600.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार