Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नयाँ सरकार गठनबारे बाबुरामले चेतावनी दिँदै भने – राष्ट्रपति संस्था दुरूपयोग नहोस्


    मंगलबार, बैशाख २८ २०७८
    940
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अब बन्ने बैकल्पिक सरकारका लागि मधेशीहरुलाई सतर्क रहन आग्रह गरेका छन्। 

    हिजो प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार अल्पमतमा परेर स्वत: ढलेसँगै नयाँ सरकार गठनका लागि प्रमुख तीन दल (कांग्रेस माओबादी र जसपा)ले दाबि गरिरहेको बेला यस्तो भनेका हुन्। 

    सोमबार साँझ सामाजिक सञ्जालमार्फत् पूर्वप्रधानमन्त्री भट्टराईले मधेशी जनतालाई बली नचढाउन चेतावनी समेत दिएका छन्। 

    ट्वीटरमा उनले लेखेका छन्, ‘सतर्क रहौं चलखेल नहोस:वैकल्पिक सरकार बन्न नदिने+संसद विघटन गर्ने+प्रायोजित चुनाव गर्ने ! त्यसनिम्ति राष्ट्रपतिसंस्था दुरूपयोग गर्ने+राजपा फुटाउने ! ख्याल रहोस्-मधेसी जनता/नेता भेडाबाख्रा हैनन् जसलाई हरियो घाॅस देखाएर वली चढाउन सकियोस्, वा उनीहरू यताका शासकबाट उम्केर उताका खोरमा परून् !’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार