Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • ओली संकटकाे घेराबन्दीमा, ओली सरकार ढाल्न नेपाल पक्षद्वारा काँग्रेस–माओवादीलाई साथ


    सोमबार, बैशाख २७ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाठाैं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली संकटहरूकाे घेराबन्दीमा परेका छन् ।

    नेकपा एमालेको माधव कुमार नेपाल पक्षले केपी ओली नेतृत्वको सरकार ढाल्न  काँग्रेस–माओवादीलाई साथ दिने भएपछि ओली चारैतिरबाट संकटहरूकाे घेराबन्दीमा परेका हुन् ।

    सोमबार सिंहदरबारमा बसेको माधव नेपाल पक्षको एमालेका सांसदहरुको बैठकले काँग्रेस–माओवादी र जसपाबीच बन्ने गठबन्धनमा आफूहरुले साथ दिने बताएकाे हाे ।

    ‘हामीले ओली सरकारको बहिर्गमन हुनुपर्छ भनेका छौं, त्यसका लागि बन्ने काँग्रेस, माओवादी र जसपाबीचको गठबन्धनमा हाम्रो साथ रहन्छ’, मेटमणि चौधरीले भने ।

    आजको बैठकले ओलीलाई विश्वासको मत दिन संसद बैठकमा नजाने र राजीनामा पनि तत्काल नदिने निर्णय भएको छ।

    बैठकमा नेपाल पक्षका भनिएका ३५ सांसदमध्ये २५ जनाको सहभागिता रहेको थियो भने ३ सांसद निर्णय प्रक्रियामा असन्तुष्टि जनाउँदै बीचमै बैठकबाट बाहिरिएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार