काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार एवं नेकपा एमालेका नेता सुर्य थापाले माधवकुमार नेपालले अध्यक्ष ओलीलाई लेखेको पत्रलाई लिएर खण्डन गरेका छन्।
हिजोराति नेता नेपालले पार्टी अध्यक्ष ओलीलाई पत्र लेख्दै आफुहरुको सर्त नमाने सांसद पदबाट राजिनामा दिने बताएका थिए। उक्त पत्रको खण्डन गर्दै नेता थापाले आफू आइसोलेसनमा रहेको बेला नेता नेपालले आफ्ना शर्त राख्दै अन्यथा बाटो लाग्ने नै पो भन्नुभएछ भन्दै आश्चर्य प्रकट समेत गरेका छन्।
आज बिहान सामाजिक सञ्जालमार्फत् सल्लाहकार थापाले प्रधानमन्त्रीले विश्वासको मत लिन कसैका मनोगत शर्त र कुण्ठासँग सौदावाजी गर्न भनी मजाक गरेको आरोप समेत लगाएका छन्।
राजनीति गर्नु राम्रो, तर परचक्री सेवाको नियतलाई स्वीकार्नु किमार्थ उचित हुँदैन उनले ट्वीटमा उल्लेख गरेका छन्।
उनले लेखेका छन्,’म त आइसाेलेसनमा छु- निकै राति माधव नेपालले आफ्ना शर्त राख्दै अन्यथा बाटाे लाग्ने नै पाे भन्नुभएछ! प्रधानमन्त्रीले विश्वासकाे मत लिन कसैका मनाेगत शर्त र कुण्ठासँग साैदावाजी गर्न भनी मजाक गरेकाे देखियाे।राजनीति गर्नु राम्रो,तर परचक्री सेवाकाे नियतलाई स्वीकार्नु किमार्थ उचित हुँदैन।’
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाइएको बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने...
काठमाडौँ। नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सोमबार बिहान १०:५५ बजे बा.९९प.८२०२ नम्बरको मोटरसाइकल नुवाकोटको विदुर नगरपालिका–९, खड्कथोकमा दुर्घटना हुँदा तीन...
काठमाडौं । पोखरा एभेन्जर्सका मार्की प्लेअर कुशल भुर्तेलले नेपाल प्रिमियर लिग (एनपीएल) मा सोमबार कर्णाली याक्स विरुद्ध अर्धशतक प्रहार गरेका छन् । वान डाउनमा ब्याटिङ...
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली संस्कृति कमजोर हुँदै गएको भन्दै यसप्रति सबै नेपाली सजग हुनुपर्ने बताएका छन् । सोमवार...
काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशनमा आर्थिक चलखेल भएको भन्दै सामाजिक सञ्जालमा भइरहेका प्रचार आधारहीन भएको बताएका छन् । आज सोमवार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend