Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • नेपाल र ओली समूहका नेताहरुको छलफल सकियो, के निर्णय भयाे ?


    आइतबार, बैशाख २६ २०७८
    900
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपाल र अध्यक्ष केपी शर्मा ओली पक्षका दुई नेता बीचको छलफल सकिएको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरुको सामूहिक राजीनामा रोक्न वरिष्ठ नेता माधवकुमार नेपालसँग वार्ताका लागि विष्णु पौडेल र सुवास नेम्वाङ सिंहदरबार पठाएका थिए ।

    नेपाल पक्षले सामुहिक राजीनामाको तयारी गरेर सिंहदरबार भेला भइरहेका बेला ओली पक्षका नेताहरु सुवास नेम्वाङ र विष्णु पौडेल सिंहदरबार पुगेका हुन् ।

    सिंहदरबार स्राेतका अनुसार उनीहरुले प्रधानमन्त्री एवं पार्टी अध्यक्षको चिन्ता र चासो नेता नेपालसमक्ष राखेका थिए ।

    अहिले संसद सचिवालयमा नेता नेपालसँग पौडेल र नेम्वाङले वार्ता गरिरहेका छन् । ओलीले विश्वासको मत लिने समय नजिकिएसँगै एमालेभित्रको विवाद उत्कर्षमा पुगेको छ ।

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार