Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • प्रधानमन्त्रीको कोरोना रिपोर्ट नेगेटिभ


    शनिबार, बैशाख २५ २०७८
    970
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री केपी ओलीको कोरोना परीक्षणको नतिजा नेगेटिभ आएको छ। पिसिआर परीक्षणका लागि हिजो स्वाब दिएका प्रधानमन्त्री ओलीको नतिजा नेगेटिभ देखाएको हो।

    हिजो बालुवाटारमा प्रधानमन्त्रीसँगै स्वकीय र निजी सचिवालय, सुरक्षा निकाय र चालकहरूसहित १०० जनाभन्दा बढीको स्वाव संकलन गरिएको थियो । अन्यको विवरण भने आउन बाँकी नै छ ।

    प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापालाई भने दोस्रो पटक कोरोना संक्रमण पुष्टि भएको छ। शनिवार आएको कोरोना रिपोर्टमा दोस्रो पटक पोजेटिभ देखिएको थापाले सामाजिक सन्जालमार्फत जानकारी गराएका छन्। थापालाई यस गत साल असार १७ गते पनि कोरोना पोजेटिभ देखिएको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार