Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • मन्त्रिपरिषदको आकस्मिक बैठक, संसद अधिवेशन स्थगित गर्ने पक्षमा प्रधानमन्त्री


    शनिबार, बैशाख २५ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार पनि आकस्मिक मन्त्रिपरिषद बैठक बोलाएका छन् ।  राजनीतिक घटना परिघटना छिनछिनमा परिवर्तन भइरहेको बेला ओलीले मन्त्रिपरिषद बैठक आज साँझ ५ बजेलाई बोलाएपछि अनेक अड्कलबाजी सुरु भएको छ । एक मन्त्रीले साँझ मन्त्रिपरिषद बैठक बोलाएको बताएका छन् । तर उनले बैठकका एजेण्डा पनि नखुलाइएको बताए ।

     सोमबार प्रतिनिधिसभाको अधिवेशनमा विश्वासको मत लिन लागेका प्रधानमन्त्री केपी ओलीले एकातर्फ पार्टीभित्रका माधव नेपाल पक्षसँग वार्ता गरी उनीहरुलाई अल्मल्याउने र आफूबिरुद्धको अविश्वास प्रस्ताव दर्ता नहुन नदिने खेल खेलिरहेका छन् । उनी माधव नेपालहरुले राखेको एजेन्डामा सहमत हुन तयार छैनन् । तर पनि वार्ताको नाटक गरी अल्मल्याउन खोजिरहेका छन् ।  

    नियमित मन्त्रिपरिषदको भने बैठक सोमबार र बिहीबार बैठक बस्ने गरेको छ । एजेण्डा पनि नखुलाएको र शनिबार मन्त्रिपरिषद बैठक बोलाएकोले मन्त्रीहरु समेत अन्योलमा परेका छन् ।

    प्रधानमन्त्री ओली माधव नेपालप पक्षको एजेन्डामा सहमत नहुने र माधव नेपाल पक्ष उधारोमा ओलीलाई साथ नदिने तहमा पुगिसकेका छन् । माधव नेपाल पक्षले सामूहिक राजीनामा दिएमा सरकार बनाउन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तयार भएको सुइको पाएपछि ओली संसद २७ गतेको संसद अधिवेशन नै स्थगित गर्ने निष्कर्षमा पुगेको स्रोतले बताएको छ । संसद सचिवालयका उपसचिवको कोरोना संक्रमणका कारण निधन भएको र २२ सांसद संक्रमित भएको बहाना बनाउँदै उनले संसद अधिवेशन स्थगित गर्नका लागि मन्त्रिपरिषद बैठक बोलाएको स्रोतको दाबी छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार