Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • राष्ट्रियसभा उपनिर्वाचनका लागि उम्मेद्वार छिनोफानो गर्न ओलीले बोलाए नेताहरुलाई बालुवाटारमा


    शुक्रबार, बैशाख २४ २०७८
    960
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि उम्मेदवार टुंगो लगाउन एमाले अध्यक्ष केपी शर्मा ओलीसहित पार्टीका शीर्ष नेताहरू आज बालुवाटारमा बैठक बस्ने भएका छन्।

    बागमती प्रदेशमा रिक्त एक जना राष्ट्रिय सभा सदस्य पदकाे लागि जेठ ६ मा हुने उपनिर्वाचनका लागि पार्टीबाट उम्मेदवार तय गर्न शीर्ष नेताबीच छलफल हुन लागेको स्रोत बताएकाे छ।

    एमालेले गृहमन्त्री रामबहादुर थापा बादललाई उम्मेदवार बनाउने भने पनि निर्णय गरिसकेको छैन। उपनिर्वाचनका लागि आज १० बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेदवारको मनोनयन गर्नुपर्नेछ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार