Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राष्ट्रपति–माधव नेपाल भेट, पार्टी एकताका लागि कि ओलीको सत्ता टिकाउने चालबाजी


    बिहिबार, बैशाख २३ २०७८
    1.9K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल राष्ट्रपति विद्या भण्डारीसँग भेटवार्ता गरी फर्किएका छन् । प्रधानमन्त्री केपी ओली र राष्ट्रपति भण्डारीबीच बिहीबार दिउँसो भेटवार्तापछि माधव नेपाललाई शितलनिवासमा बोलाइएको थियो । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटेर फर्किएका माधव नेपाललाई राष्ट्रपति भण्डारीले बोलाएपछि उनी शितलनिवासमा गएका थिए । माधव नेपाल केही बेरअघि शितलनिवासबाट फर्किसकेका छन् ।

    शितलनिवासबाट फर्किएका नेता नेपालले राष्ट्रपतिसँगको भेटवार्तामा के के कुराकानी भए भन्ने कुरा सार्वजनिक गरेका छैनन् । बैशाख २१ मा प्रधानमन्त्री ओलीले विश्वासको मत लिने भएका छन् । एमालेका बरिष्ट नेता नेपालसहित ४ जनालाई ओलीले कारबाही गरिसकेका छन् । एमाले पार्टीलाई ओली एण्ड कम्पनी बनाइसकेका प्रधानमन्त्रीलाई विश्वासको मत नदिने बरु सांसद पदबाटै राजीनामा दिने निष्कर्षमा माधव नेपाल र झलनाथ खनालसहितका नेताहरु पुगेपछि ओली आत्तिएका छन् ।

    माधव नेपालसहितका नेताहरुले राजीनाम दिंदा जनता समाजवादी सिंगैश पार्टीका २३ भन्दा बढी सांसद तान्नुपर्ने हुन्छ । जुन ओलीले मन्त्री, उपसभामुखसहित प्रतिसांसद ठूलो धनराशी खर्च गर्दा पनि संभव नदेखिएपछि राष्ट्रपतिसँग माधव नेपालसँग वार्ता गर्ने ब्यवस्था मिलाइदिन हारगुहार गर्न पुगे ।

    राष्ट्रपति भण्डारीले माधव नेपाललाई आफैं अनुरोध गरेपछि उनी पार्टी एकताका खातिर लचिलो भएर शितलनिवास पुगेका थिए । यसअघि पनि राष्ट्रपति भण्डारीले नेता नेपाललाई पटक पटक बोलाएकी थिइन् । तर ओलीको मनपरी नरोक्ने निरपेक्ष एकताका कुरा गर्नु अर्थहीन भएकाले उनी गएका थिएनन् । यसपटक भने उनी हदैसम्म एकताका लागि लचिलो भएर राष्ट्रपतिको आमन्त्रण स्वीकार गरी गएको माधव नेपाल समूहका एक नेताले बताए । उनले भने, ओली राष्ट्रपतिमार्फत् पुनः अल्मल्याउने र बैशाख २७ मा विश्वासको मत लिने दाउमा देखिएका छन् ।

    राष्ट्रपतिसँग भेटका क्रममा पनि नेपालले २०७५ जेठ २ मा फर्किए सबै मिल्छ भन्ने कुरा नै राखेका थिए । तर राष्ट्रपतिले भने बैशाख २७ को विश्वासको मत दिने कुरामै बढी केन्द्रित भएपछि वार्ता फलदयी हुन नसकेको स्रोतले बताएको छ । माधव नेपालसहितका नेताहरु भने टालटुले सहमति गरेर ओलीलाई छाड्ने पक्षमा छैनन् । माधव नेपाल र झलनाथ खनालहरु संघीय सांसदबाट राजीनामा दिने, ४ वटै प्रदेशमा पनि सांसदले राजीनामा दिने तहसम्म पुगिसकेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार