काठमाडौं । नागरिकको जीवनरक्षा गर्ने दायित्व सरकारको हो, तर सरकार नै ब्यापारीको स्वार्थमा परी खोप आयात नै रोकेर कमिसनमा लिप्त भएपछि कोबाट आशा गर्ने । प्रधानमन्त्री केपी ओलीका अति निकट ब्यापारी सूरज बैद्यलाई लाभ पुर्याउन भारतको पुणेस्थित सेरुम इन्ष्टिच्यूटबाट कोभिसिल्ड ल्याउन नै रोकिएको छ । खोप उत्पादन गर्ने कम्पनी सिरमसँग एजेन्टबिनै ५० लाख डोज भ्याक्सिन खरिद गर्न खोज्दा नेपाली एजेन्ट बैद्यले कमिसन माग गरेर प्रक्रिया नै अघि बढ्न नदिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारी नै बताउँछन् । जसमा बालुवाटारको पूरापूरा साथ रहेको जोकसैलाई पनि थाहा छ ।
एक महिनाअघि आइसक्नुपर्ने कोभिसिल्ड खोपको १० लाख डोज समेत बैद्यको हुकुम इन्टरप्राइजेजले कमिसन नपाउने भएपछि रोकिन पुगेको छ । नेपालले १० लाख डोजका लागि दिएको भुक्तानी नै फिर्ता गर्ने आसय सेरुमले ब्यक्त गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले रहस्य खोलिदिएका छन् । मन्त्री त्रिपाठीले ब्यापारीको कमिसनको लोभका कारण खोप आउन नसकेको पोल खोलेपछि बालुवाटार उनीसँग रुष्ट भएको छ । बालुवाटारले सूरज बैद्यकी श्रीमती ऋतु र बिजय दुगडको नाममा रहेको हुकुम इन्टरप्राइजेजलाई खोप आयात गर्न दिएर उसैमार्फत् लिनका लागि फाइल उठाउन मन्त्री त्रिपाठीलाई निर्देशन दिए । तर स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंह तयार नै भएनन् ।
विभागबाट टिप्पणी नै उठाउन कोही तयार नभएपछि मन्त्री त्रिपाठीले बालुवाटारले भनेअनुसार सूरज बैद्यको हुकुमबाट खोप खरिद गराउने निर्णय गराउन सकेनन् । गतबर्ष उपप्रधानमन्त्री इश्वर पोखरेलको दबाबमा ओम्नी समूहबाट स्वास्थ्य सामग्री खरिदमा टिप्पणी उठाउने कर्मचारीदेखि तत्कालीन महानिर्देशक महेन्द्र श्रेष्ठसम्म पटक पटक बयान दिन जानुपरेकाले यसपटक कोही पनि सूरज बैद्यको कम्पनीलाई एजेन्ट दिने निर्णयमा सहभागी हुन तयार भएनन् । कमिसनको चक्करमा खोप ल्याउन एक महिना ढिला हुन थालेपछि मन्त्री त्रिपाठी आफूमाथि दोष आउने देखेर ब्यापारीको कमिसनको चक्करमा खोप आउन ढिला भएको पोल सार्वजनिक रुपमा खोल्न बाध्य भएका हुन् । जसका कारण बालुवाटार नांगिन पुग्यो ।
हृदयेश त्रिपाठीले सूरज बैद्य र बालुवाटारका कारण खोप नआएको सार्वजनिक गरेपछि उनीसँग ओली र उनका सल्लाहकार बिष्णु रिमालहरु रुष्ट भएका छन् । बैशाख २७ मा विश्वासको मत प्राप्त गर्न सफल भएमा ओलीको पहिलो शिकार हृदयेश नै हुने भएका छन् । उनको मन्त्रीपद नै चट् हुने खतरा बढेको छ । यद्यपि हृदयेशले ब्यापारी बैद्यले बालुवाटारलाई मात्रै कमिसन दिएर आफूलाई भाउ नदिएपछि पोल खोलिदिएका हुन् । एमालेको चुनाव चिह्नबाट जितेका उनी आफूलाई स्वतन्त्र भन्दै पसल थापेर मन्त्री पड्काउन सफल भएका हुन् । मन्त्री पद उनका लागि कमाउने साधन हो । तर ब्यापारी बैद्यले बालुवाटारतिर मात्रै बुझाउन खोजेपछि उनी रुष्ट भएर पोल खोलेका हुन् ।
ब्यापारी सूरज बैद्यले नेपाल सरकारबाट खरिद नगरी आफ्नो एजेन्सीमार्फत् ल्याउने पहल सार्थक हुन नसकेपछि पुणेमै गएर नेपालले रकम भुक्तानी गरिसकेको खोप समेत रोकेर मानवताबिरोधी अपराध गरेका छन् । बैद्यले १० प्रतिशत कमिसनको लोभमा नेपालमा आउने खोप रोकेपछि सिरमले १० लाख डोजबापतको रकम नेपाललाई फिर्ता गर्न चाहेको छ ।
सूरज बैद्य जापानीज गाडी टोयटाका नेपाली एजेन्ट हुन् । तर उनी नेपालमा सरकारी जग्गा अतिक्रमणदेखि विभिन्न काण्डमा मुछिंदैआएका छन् । नेपालका लागि सेत्तो हात्ती सावित भएका र नेपाल वायुसेवा निगमलाई करोडौं करोड घाटामा पार्ने चिनियाँ जहाज भित्र्यायने कमिसन एजेन्ट पनि बैद्य नै हुन् । जुन जहाज अहिले धान्नै नसकेपछि ग्राउन्डेड छन् ।
सूरज बैद्य प्रधानमन्त्री केपी ओलीका निकट ब्यापारी हुन् । पर्यटनको प थाहा नभए पनि ओलीले उनलाई भिजिट २०२० को संयोजक बनाएका थिए ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend