काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रका लागि सँगै लडेका दलबीच सहकार्य गर्नुपर्नेमा जोड दिनुभएको छ ।
प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग आज साँझ बूढानीलकण्ठ निवासमा भएको भेटमा संसद्मा आफूलाई विश्वास मत दिन आग्रह गर्नुभयो ।
सभापति देउवाले भने विश्वासको मत दिन नसकिने स्पष्ट पार्नुभएको भेटमा सहभागी कांग्रेस सहमहामन्त्री डा प्रकाशशरण महतले जानकारी दिनुभयो । यही वैशाख २७ गते विश्वासको मत प्रयोजनका लागि प्रतिनिधिसभा बैठक बस्दै छ ।
यस्तै सभापति देउवाले कोराना भाइरसको संक्रमण भयावह भएकाले रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । सभापति देउवाले संसद्को बजेट अधिवेशन बोलाउन ढिला भइरहेका अवस्थामा संसद्लाई छलेर सरकारले अध्यादेश ल्याएको भन्दै आपत्तिसमेत जनाउनुभएको थियो ।
भेटवार्तामा एमालेका तर्फबाट उपप्रधानमन्त्री ईश्वर पोखरेल, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रामबहादुर थापा तथा कांग्रेसका तर्फबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्वय डा शशांक कोइराला र पूर्णबहादुर खड्का, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र सहमहामन्त्री डा महत सहभागी हुनुहुन्थ्यो ।
कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको मंगलबार बसेको बैठकले प्रधानमन्त्री ओलीले संसदमा लिने विश्वासको मतलाई असफल बनाउन निर्णय गरेको थियो ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend