काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पुर्वमन्त्री गगनकुमार थापाले विश्वासको मत लिने घोषणा गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले संसद छलेर अध्यादेश ल्याउनु अराजनीतिक रहेको भन्दै जारी अध्यादेशप्रति आपत्ति जनाएका छन् ।
नेता थापाले संविधानविपरीत हुने गरी सरकारले अध्यादेश ल्याएको भन्दै राष्ट्रपतिले ओलीलाई साथ दिनु दुर्भाग्य भएको टिप्पणी समेत गरे।
सामाजिक सञ्जालमा मंगलबार बेलुका पूर्वमन्त्री थापाले राष्ट्रपति प्रधानमन्त्रीको राजनीतिक चरित्रको मतियार बन्नु नै लोकतन्त्रको दुर्भाग्य भएको उल्लेख गरेका छन्।
ट्वीटरमा उनले लेखेका छन् ,’विश्वासको मत लिने घोषणा गरेका प्रधानमन्त्रीले संसद छलेर अध्यादेश जारी गर्नु अराजनीतिक छ,संविधानको मर्म विपरित छ। राष्ट्रपतिज्यू, खड्गप्रसाद ओलीको असभ्य राजनीतिक चरित्रको मतियार हुनु हाम्रो लोकतन्त्रको दुर्भाग्य हो।अध्यादेश फिर्ता गरी संसदको आगामी सत्रमा विधेयकका रूपमा पेश गरियोस्।’
मंगलबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्सम्बन्धीलगायत ७ वटा अध्यादेश जारी गरेकी थिइन ।
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाइएको बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने...
काठमाडौँ। नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सोमबार बिहान १०:५५ बजे बा.९९प.८२०२ नम्बरको मोटरसाइकल नुवाकोटको विदुर नगरपालिका–९, खड्कथोकमा दुर्घटना हुँदा तीन...
काठमाडौं । पोखरा एभेन्जर्सका मार्की प्लेअर कुशल भुर्तेलले नेपाल प्रिमियर लिग (एनपीएल) मा सोमबार कर्णाली याक्स विरुद्ध अर्धशतक प्रहार गरेका छन् । वान डाउनमा ब्याटिङ...
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली संस्कृति कमजोर हुँदै गएको भन्दै यसप्रति सबै नेपाली सजग हुनुपर्ने बताएका छन् । सोमवार...
काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशनमा आर्थिक चलखेल भएको भन्दै सामाजिक सञ्जालमा भइरहेका प्रचार आधारहीन भएको बताएका छन् । आज सोमवार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend