Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आज माओवादीले सरकारलाई दिएको समर्थन फिर्ताको पत्र सचिवालयमा बुझाउने


    बुधबार, बैशाख २२ २०७८
    905
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने गरेको छ। 

    मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समितिको बैठकले ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो।  

    पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बुधबार कार्यालय खुलेपछि समर्थन फिर्ताको पत्र बुझाइने छ। 

    यसअघि, माओवादीले समर्थन फिर्ता लिने निर्णय गर्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको थियो ।

    तर, नयाँ सत्ता समीकरण बनाउन नेपाली काँग्रेस र जनता समाजवादी पार्टीसँग भएको छलफल टुंगोमा नपुगेपछि पार्टीले समर्थन फिर्ता लिन सकेको थिएन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार