Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • गण्डकी र सुदूरपश्चिम प्रदेश नयाँ प्रमुख नियुक्त, आजै सपथग्रहण


    सोमबार, बैशाख २० २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र सुदूरपश्चिम प्रदेशका प्रमुखलाई पदमुक्त गरी आजै नयाँ नियुक्ति गरेकी छन् । राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिशमा गण्डकीका प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेशका प्रमुख शर्मिलाकुमारी पन्तलाई पदमुक्त गरी नेपालको संविधानको धारा १६७ बमोजिम सीताकुमारी पौडेल, चितवन र सुदूरपश्चिममा गङ्गाप्रसाद यादव, सप्तरीलाई नियुक्त गरेकी छन् । 

    राष्ट्रपति भण्डारीले शीतल निवासमा आयोजित कार्यक्रममा नवनियुक्त दुवै प्रदेश प्रमुखलाई आजै शपथ गराएकी छन् । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत उपस्थित थिए । सभामुख अग्निप्रसाद सापकोटा सपथ कार्यक्रममा गएनन् ।

    प्रधानमन्त्री ओलीले यसअघि २ नम्बर प्रदेशका प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरी राजेश झालाई नियुक्त गरेका थिए । प्रदेश प्रमुख पदलाई राणाकालको जस्तै पाँडे पँजनी गर्ने क्रम प्रधानमन्त्री केपी ओलीले सुरु गरेको भनी सामाजिक संजालमा आलोचना भइरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार