Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पोखरेलकाे पुन: नियुक्तिमा असन्तुष्टि जनाउँदै प्रदेश प्रमुखको कार्यालय घेराउ


    आइतबार, बैशाख १९ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बुटवल । प्रदेश प्रमुखले शंकर पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेपछि लुम्बिनी प्रदेशका विपक्षी दलहरुले  असन्तुष्टि जनाउँदै प्रदेश प्रमुखको कार्यालय घेराउ गरेका छन् ।

    विपक्षी दलहरुले नियुक्ति बदरको माग गर्दै प्रदेश प्रमुखको कार्यालय घेराउ गरेका हुन् ।

    प्रदेश प्रमुखले एमाले र विपक्षी गठबन्धनसँग समान ४०–४० सांसद भएको अवस्थामा पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेपछि विपक्षी गठबन्धन आक्रोशित बनेको हो ।

    पछिल्लो समय एमालेका तीन सांसदले राजीनामा दिइसकेका छन् । जसका आधारमा एमालेसँग अब ३७ संसदमात्र बाँकी छन् । उता, विपक्षी गठबन्धनले ४० सांसदको समर्थनसहित प्रदेश प्रमुख समक्ष सरकार गठनको दावी गरेको छ ।

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार