Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मुख्यमन्त्रीमा पोखरेलकाे सपथ रोक्न ४० सांसदको लिखित माग


    आइतबार, बैशाख १९ २०७८
    910
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । आइतबार दिउँसो नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जसपा नेपाल लगायतका ४० सांसदले प्रदेश प्रमुखलाई भेटेर मुख्यमन्त्री शंकर पोखरेललाई सपथ नगराउन माग गरेका छन् ।

    मुख्यमन्त्री शंकर पोखरेलले एकल बहुमतको सरकार गठन गर्ने तयारी गरिरहेको समयमा सांसदहरूले सपथ नगराउन माग गरेका हुन् ।

    सांसदहरूले अहिलेको अवस्थामा एकल बहुमतको सरकार गठनको कुनै सम्भावना नरहेको भन्दै आफ्नो पक्षमा ४० सांसदको हस्ताक्षर देखाएका हुन् ।

    ८१ सदस्यीय प्रदेशसभामा एमालेको पक्षमा ४१ सांसद रहेको भनिए पनि उपनिर्वाचनबाट विजयी सांसद विमला वलीले आफू नेकपा माओवादी केन्द्रमा जाने प्रस्ट पारेपछि एमालेको पक्षमा ४० सांसद सीमित रहेको छ । उल्लेखनीय छ, सांसद वलीलाई माओवादी केन्द्र रोजेकै कारण अनुशासनको कारवाही हुन नसक्ने देखिन्छ । 

    मुख्यमन्त्री शंकर पोखरेलसँग एकल बहुमतको सरकार बनाउने कुनै आधार नरहेको र विपक्षी चार दलसँग पनि मुख्यमन्त्रीसँग जत्तिकै सांसद रहेको अवस्थामा दलहरुसँगको छलफलबाट मात्र प्रक्रिया अघि बढाउन  प्रदेश प्रमुखसँग माग गरिएको स्राेतले बताएकाे छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार