Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लुम्बिनी प्रदेशका मुख्यमन्त्रीद्वारा राजीनामा, पोखरेलकै नेतृत्वमा पुनः बहुमतको सरकार गठन हुने


    आइतबार, बैशाख १९ २०७८
    2.8K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएका छन् । 

    प्रदेश प्रमुखको कार्यालयका अनुसार मुख्यमन्त्री पोखरेलले आज बिहान प्रदेश प्रमुख धर्मनाथ यादवलाई राजीनामा बुझाएका छन्। यद्यपि उनको राजीनामा स्वीकृत भने भइ सकेको छैन। 

    मुख्यमन्त्री पोखरेलले संविधानको धारा १६८ को २ बमोजिम नेकपाबाट आफू मुख्यमन्त्री बनेको र संविधानको धारा १६८ को १ बमोजिम सरकार गठन गर्न मार्गप्रशस्त गर्न भन्दै राजीनामा बुझाएको राजिनामा पत्रमा उल्लेख गरेका छन् । 

    मुख्यमन्त्रीको राजीनामासँगै लुम्बिनी प्रदेशमा सत्ता–समीकरणको खेल उथलपुथल भएको छ  भने नयाँ सरकार गठनको लागि खुल्ला भएको छ। 

    बहुमत जसपाका ४ सांसद कारबाहीमा परेकाले एमालेको एक्लै बहुमत पुगेको छ । र, बहुमतप्राप्त दलका नेताका हैसियतले उनी पुनः मुख्यमन्त्री हुनेछन् । यसअघि माओवादीले समर्थन फिर्ता लिएपछि उनी अल्पमतमा परेका थिए । अब प्रदेशसभाका सांसदको तत्काल कायम संख्या हिसाब गर्ने हो भने एमालेको बहुमत पुग्नेछ । 

    ८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा ४ जना जसपाका सांसद कारबाहीमा परेका छन् भने नेपाली कांगेसका बलदेव शर्माको निधन भएकाले ८२ सिट बाँकी छ । अब एमालेले ठूलो दलका हिसाबले नेकपा (एमाले) लुम्बिनी प्रदेशमा धारा १६८ (१) अनुसार सरकार गठन हुनेछ । एमालेका मात्रै ४१ सांसद छन् ।

    नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका १७ (सभामुखसहित), जसपाका बाँकी २ र जनमोर्चाका एक समेत ४२ जना छन् । 

    लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस र माओवादी केन्द्रले जसपासँग मिलेर अविश्वास प्रस्ताव दर्ता गरेका छन् । आज अविश्वास प्रस्तावमा छलफलका लागि प्रदेशसभा बैठक बोलाइएको छ । 

    यसअघि अविश्वासको प्रस्तावमा छलफल गर्न आज  लुम्बिनी प्रदेशसभाको अधिवेशन बोलाइएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार