काठमाडौँ। नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले कोरोना भाइरस संक्रमण नियन्त्रणमा गल्ती गरेको भन्दै सरकारले नै कोरोना फैलाएको आरोप लगाएका छन्।
आज आफनै निवास बूढानिलकण्ठमा आयोजित पत्रकार सम्मेलन गरेर सभापति देउवाले सरकारले विगतका गल्तीबाट पाठ नसिकेको र कसैका सल्लाह पनि नमानेको भन्दै सरकारको चरम लापरवाही र असंवेदनशीलताले गर्दा यस्तो भएको बताएका हुन्।
देशमा कोरोना सङ्क्रमण व्यापक रूपमा बढेको भन्दै आवश्यक आइसियु बेड र भेन्टिलेटरको तत्काल व्यवस्था मिलाउन सरकारलाई आग्रह गर्दै पुर्वप्रधानमन्त्री समेत रहेका देउवाले भने, ‘केपी शर्मा ओली नेतृत्वको सरकारले कोरोना संक्रमण रोक्न कुनै ठोस कदम नचाल्दा दोस्रो पटक लकडाउन गर्ने स्थिति आइपुगेको छ। देउवाले भने,’अधुरा कामलाई नै पूरा भएको भन्दै उद्घाटन, शिलान्यास, भिडभाड र तडक—भडकमा लिप्त ओली सरकारले संक्रमण रोक्ने कुनै ठोस काम नगरेकोले फेरि लकडाउन गर्ने स्थितिमा पुगेको छ।’
उपत्यका लगायत ठूला सहरहरूमा सरकारले लकडाउन गरेर लाखौं मान्छेलाई परीक्षण नै नगरी गाउँ फर्काएको भन्दै संक्रमण अझै बढ्ने देउवाको भनाइ छ ।
यस्तै, सभापति देउवाले खोपको आपूर्तिका लागि व्यवस्था गर्ने तर्फ तत्काल पहल गर्नसमेत सरकारलाई सुझाएका छन् । लकडाउनका कारण आर्थिक सामाजिक रूपमा मारमा परेकाहरूका लागि आवश्यक कार्य योजना ल्याउनसमेत देउवाले सरकारको ध्यानाकर्षण गराएका छन् ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend