Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • देउवा निवासमा पत्रकार सम्मेलनः कोरोना नियन्त्रण, प्रदेश सरकार गठनका बेथितिका बारेमा कांग्रेसको धारणा सार्वजनिक गर्ने


    शुक्रबार, बैशाख १७ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आज आकस्मिक पत्रकार सम्मेलनको आयोजना गर्दैछन् । आफ्नो निवास बूढानीलकण्ठमा दिउँसो ३ः०० बजे कोभिड–१९ का सन्दर्भमा पत्रकार सम्मेलन गर्न लागेको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिएका छन् । 

     सभापति देउवाले पत्रकार सम्मेलनमार्फत कोरोना भाइरस सङ्क्रमणको नियन्त्रण र रोकथाममा सरकारको भूमिका तथा निषेधाज्ञा लागू गरिएपछि सर्वसाधारणको जनजीवनमा परेको प्रभावलगायत विषयमा धारणा व्यक्त गर्ने बताइएको छ । मुलुकभर दोस्रो चरणको कोराना भाइरस सङ्क्रमण तीव्र भएपछि सरकारले करिब डेढ दर्जन जिल्लामा यही वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू गरेको छ ।
    त्यसैगरी, गण्डकी र लुम्बिनी प्रदेशको सरकारबिरुद्ध अविश्वास प्रस्ताव दर्ता भइसकेपछि सत्तापक्षले सांसद खरिदबिक्री र गुण्डानाइकेलाई मन्त्री बनाएको बारेमा पनि सभापति देउवाले पार्टीको  धारणा सार्वजनिक गर्ने नेपाली कांग्रेसका युवानेता रामहरि खतिवडाले जानकारी दिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार