Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • जसपा फुटको दिशातिर,पार्टीको बहुमत ओली सरकारको बिकल्प खोज्ने पक्षमा


    शुक्रबार, बैशाख १७ २०७८
    1.5K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) फुटको दिशामा पुगेको छ । दुई ध्रवमा विभाजित जसपा नेता एकअर्काको निर्णय मान्न तयार नहुँदा पार्टी फुटनजिक पुगेको हो ।

    यसैबीच, पछिल्लो समय नेताहरुबीच सहमति नजुटेपछि जसपामा नयाँ सत्ता समीकरणको निर्णय बहुमतबाट हुने भएको छ।

    अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलगायतका नेताहरुले अब अध्यक्ष महन्थ ठाकुरको सहमति नकुरी बहुमतबाट निर्णय गरी अघि बढ्ने तयारी गरेका छन् भने जसपाका विद्यमान समितिहरुमा यादव र भट्टराईको बहुमत रहेको देखिन्छ। 

    हालै लुम्बिनी प्रदेश मुख्यमन्त्री शंकर पोखरेललाई समर्थन गरेपछि ‘प्रदेशमा मन्त्री भएकालाई कारबाही गरिएको’ जसपाले जनाएको छ । तर, पुनः अर्को पत्रमा ‘कसैलाई पनि कारबाही नगरिएको’ उल्लेख छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिएर जानुपर्ने अडानमा रहेका ठाकुरसहितका केही नेतालाई नकुरी बहुमतले सत्ता समीकरणको निर्णय गरिने सो पार्टीका नेताहरुले बताएका छन्। 

    प्रधानमन्त्री ओलीसँग निरन्तर सम्पर्कमा रहेका ठाकुरसहितका नेताहरुले बालुवाटारसँग समझदारी गरेको चर्चा भइरहेको छ भने अध्यक्ष यादव, संघीय परिषद् अध्यक्ष भट्टराई, वरिष्ठ नेता अशोक राई र राजेन्द्र श्रेष्ठ ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन कांग्रेससँग मिल्नुपर्ने पक्षमा छन्।

    यही बुँदामा लिएर गत मंगलबार बसेको शीर्ष ६ नेताको बैठकमा पनि कुनै सहमति जुट्न सकेको थिएन।

    जसपाको केन्द्रीय कार्यकारिणी समितिमा पनि उपेन्द्र–बाबुरामको बहुमत छ। ५१ सदस्यीय कार्यकारिणी समितिमा बहुमत रहेकाले ठाकुरले त्यसको बैठक राख्न अस्वीकार गरेको पार्टीका एक नेताले दावी गरे। 

    यदि बहुमतबाट निर्णय भए जसपा एकता भएको एक वर्षमै औपचारिक रुपमा विभाजन हुने नेताहरु बताउँछन्।

    प्रधानमन्त्री ओलीले जसपाले उठाउँदै आएको विभिन्न मागमध्ये मुद्दा फिर्ता पूरा गरेका छन् । बाँकी मुद्दा फिर्ताका माग केही पूरा गर्ने प्रक्रियामा रहेको छ । ती फिर्तापछि जसपा अध्यक्ष ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो समूहले सरकारमा सहभागी हुने वातावरण बन्दै गएको प्रक्रिया सार्वजनिक रूपमा दिइरहेका छन् ।

    ओली सरकारलाई नै समर्थन गरेर सरकारमा सहभागी हुनुपर्ने ठाकुर र महतो समूहको अडानका कारण डा. भट्टराई, यादव र राई समूहको माग अस्वीकृत हुँदै आएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार