काठमाडौं । नेकपा (एमाले)को स्थायी कमिटीको बुधबार बसेको बैठकले पछिल्लो समयमा बिकसित राजनीतिक परिस्थिति र नयाँ प्रकार (भेरियन्ट) सहितको कोरोना भाइरस (कोभिड–१९) को महामारीबाट उत्पन्न भयावह अवस्थाको बिषयमा गम्भीर छलफल गरेको छ । स्थायी समिति बैठकले कोभिड–१९ को संक्रमणबाट ज्यान गुमाउने नेपाली दिदीवहिनी तथा दाजुभाइहरुप्रति श्रद्धाञ्जली र संक्रमतिहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
स्थायी समिति बैठकले कोभिड–१९ को रोकथाम, नियन्त्रण र संक्रमतिहरुको उपचारका लागि प्रभावकारी रुपमा थप कदम अबिलम्ब चाल्न सरकारको गम्भीर ध्यानाकर्षण गरेको छ । संक्रमण तीब्र रुपमा फैलिरहेको र संक्रमितको मृत्यु बढिरहेको अवस्थामा सीमानाकामा आवतजावत र विभिन्न माध्यमबाट नेपाल प्रवेश गरिदा कोरोना महामारीविरुद्ध जारी गरिएका स्वास्थ्य मापदण्ड र प्रोटोकलको पालना नहुँदा थप जोखिम पैदा भएको छ । तसर्थ सिमानामा आवतजावत र विभिन्न माध्यमबाट नेपाल प्रवेश गर्नेहरुको स्वास्थ्य परीक्षण, क्वारेन्टिन बसाई र जारी स्वास्थ्य मापदण्डको पालना अनिवार्य रुपमा गराउन सरकारको ध्यानाकर्षण गरेको एमाले प्रचार बिभागका प्रमुख योगेश भट्टराईले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ ।
स्थानीयस्तरमा आइसोलेसन र क्वारेन्टिनको प्रभावकारी व्यवस्थापन नहुँदा कोभिड–१९ को संक्रमण तिव्र रुपमा समुदायस्तरमा फैलिने जोखिम बढेको छ । यो जोखिमलाई मध्यनजर गर्दै तीनै तहका सरकारको सक्रियता र समन्वयमा तत्काल व्यवस्थित आइसोलेसन र क्वारेन्टिनको व्यवस्थापन तीव्रतापूर्वक गर्दै समुदायस्तरमा परीक्षणको दायरा फराकिलो बनाउन बैठकेले माग गरेको छ ।
बैठकले कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारका लागि खटिएका चिकित्सक, नर्स लगायतका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र अन्य कर्मचारीहरुलाई आवश्यक स्वास्थ्य सुरक्षा सामग्री र जोखिम भत्ता उपलब्ध गराउन माग गरेको छ । संक्रमितहरुको उपचारका लागि ‘कोरोना डेडिकेटेड अस्पताल’को थप व्यवस्था गर्दे सम्पूर्ण अस्पतालहरुमा आइसियु, भेन्टिलेटरको व्यवस्थापन, औषधी भण्डारण र अक्सिजन प्लान्ट लगायत सम्पूर्ण स्वास्थ्य सामग्री पयापर््त मात्रामा व्यवस्था गर्न माग गरेको छ ।
बन्दाबन्दीको अवस्थामा आम सर्वसाधारणहरुलाई आइपर्ने समस्याप्रति गम्भीर रहन र समस्यामा परेकाहरुलाई राहत उपलब्ध गराउन बैठकले माग गरेको छ ।
बैठकले नेकपा (एमाले) को सम्पूर्ण पार्टी कमिटी, जनसंगठन र पार्टी सदस्यहरुलाई कोभिड–१९ को रोकथाम, नियन्त्रण र संक्रमितहरुको उपचारका लागि तीनै तहका सरकारसँग आवश्यक समन्वय गर्दे सक्रिय रुपमा स्वयंसेवी भूमिकाका साथ कोभिड–१९ को लडाइँमा सहभागी हुन आह्वान गरेको छ । स्थानीयस्तरमा क्वारेन्टिन निर्माण गर्न, क्वारेन्टिन व्यवस्थापन गर्न, स्वास्थ्य मापदण्ड पालनाका लागि अनुगमन, समुदायस्तरमा सचेतना अभियान, संक्रमितहरुको उपचारमा आवश्यक सहयोग लगायतका काममा सक्रिय रहन सम्पूर्ण कमिटी र सदस्यहरुलाई अपिल गरेको छ ।
एमाले स्थायी समितिको निर्णयः

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend