Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमाले प्रवेश गरेका राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्का पदमुक्त


    बुधबार, बैशाख १५ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा माओवादी केन्द्रबाट राष्ट्रिय सभा सदस्य जितेर एमाले प्रवेश गरेका चन्द्रबहादुर खड्का पदमुक्त भएका छन् ।

    खड्कालाई सांसदबाट हटाउन माओवादी केन्द्रले बुझाएको पत्र संघीय संसद् सचिवालयले स्वीकृत गरेको हो । खड्का माओवादी केन्द्रबाट २०७४ सालमा लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

    बुधबार सूचना जारी राजनीतिक दलसम्बन्धी ऐनअनुसार खड्का पदमुक्त भएको जनाएकाे स्राेतले जानकारी दिएकाे छ।

    माओवादी केन्द्रले खड्कालाई एमाले प्रवेश गरेको भन्दै कारबाही गरेकाे थियाे ।

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार