Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • जसपाले साथदिए ओलीविरूद्ध भोलि नै अविश्वास प्रस्ताव दर्ता गर्ने


    मंगलबार, बैशाख १४ २०७८
    975
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।  जसपाले साथदिए नेपाली कांग्रेस र माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध भाेलीनै अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेकाे छ।

    प्रधानमन्त्री ओलीविरूद्ध अविश्वास प्रस्ताव लैजाने र कांग्रेस-माओवादी केन्द्रसँग मिलेर नयाँ सरकार बनाउनेबारे जसपाका शीर्ष नेताहरूको बैठकले अहिले छलफल गरिरहेको छ।

    बैठकमा  जसपाका नेताहरू महन्थ ठाकुर, बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, अशोक राई र राजेन्द्र श्रेष्ठ सहभागी छन्।

    जसपाका एक नेताले भने आजको बैठकले कांग्रेस-माओवादीसँग मिलेर आज नभए भोलिसम्ममा बहुमतका आधारमा भए पनि निर्णय हुन्छ ।

    जसपाले निर्णय गरे बुधबार नै प्रधानमन्त्री ओलीविरूद्ध अविश्वासको प्रस्ताव संसदमा दर्ता गर्ने तयारी रहेको स्राेतकाे भनाइ छ ।

    पछिल्लो साता कांग्रेस र माओवादी केन्द्रले थप छलफल गरेर दुबै पार्टीले अविश्वासको प्रस्ताव अघि बढाउन आफ्ना सांसदहरूको हस्ताक्षरसमेत संकलन गरिसकेका छन्।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार