Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अविश्वास प्रस्तावसँग डराएर भाग्दिनँ, त्यसको सामना गर्छु: मुख्यमन्त्री


    बिहिबार, बैशाख २ २०७८
    4.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अविश्वासको प्रस्तावबाट डराएर नभागेर त्यसको सामना गर्ने बताएका छन् । गुरुङ नेतृत्वको सरकारविरुद्ध विपक्षी दलहरुले अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी गरेसँगै गुरुङले त्यसबाट डराएर नभागि त्यसको सामना गर्ने बताएका हुन् ।

    विपक्षीहरुको तयारीबारे जानकार रहेको बताउदै गुरुङले भने कम्युनिस्ट नेतृत्वको सरकार ढाल्ने प्रयास भइरहेको छ यदि सरकारका विरुद्ध प्रस्ताव आए सामना गर्न म तयार छु । डराएर भाग्ने कुरा हुँदैन । 

    मुख्यमन्त्री गुरुङले राजनीतिका नाममा विपक्षीहरुले फोहोरी खेल खेलेको आरोप  लगाउँदै मेरो नेतृत्वको सरकार के कुरामा कमजोर भयो ? के काम गर्न सकेन ? भनि प्रश्न समेत गरेका छन् 

    केपी ओलीको प्रतिगमनलाई सघाएको आरोप लागेका गुरुङले  प्रतिगमनलाई सघाएको भन्ने आरोप आफूमाथि लगाइए पनि आफ्नो सरकारविरुद्ध मोर्चाबन्दी गरेर काँग्रेस, माओवादी र जनमोर्चा नै प्रतिगमनको यात्रामा लागेको बताएका छन् । उनले भने वामपन्थीको सरकार ढालेर अर्को गैरवामपन्थीहरुको सरकार बनाउनु खोज्नुचाहिँ प्रतिगमन हो ।

    मुख्यमन्त्री गुरुङले अविश्वास प्रस्तावको सामना गर्न तयार रहेको भन्दै प्रस्ताव असफल हुनेमा आफु विश्वस्त रहेको बताए ।

    मुख्यमन्त्री गुरुङले अविश्वास प्रस्तावको सामना गर्न तयार रहेको भन्दै प्रस्ताव असफल हुनेमा आफु विश्वस्त रहेको बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार