Nepal Face
  • शनिबार, १३ मंसिर २०८३
  • मोहनबहादुर बस्नेतद्वारा काँग्रेसको महामन्त्रीमा उम्मेदवारी घोषणा


    शनिबार, मंसिर १३ २०८३
    85
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । पूर्वमन्त्री मोहनबहादुर बस्नेतले काँग्रेस शेरबहादुर देउवा समूहको महाधिवेशनमा पार्टीको महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

    महाधिवेशनलाई लक्षित गर्दै बस्नेतले वरिष्ठ पत्रकारहरूसँगको भेटघाटका क्रममा महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका हुन् । पार्टीको आगामी महाधिवेशनमा नेतृत्वका लागि प्रतिस्पर्धा गर्ने तयारी स्वरूप उनले आफ्नो उम्मेदवारी सार्वजनिक गरेका हुन् ।

    देउवा समूहले यही मङ्सिर २१, २२ र २३ गते हुने पार्टीको महाधिवेशन गर्दै छ । महाधिवेशनको दिन नजिक आउँदै जाँदा नेताहरूले आफ्नो उम्मेदवारी घोषणा गरिरहेका छन् । देउवा समूहको सभापतिमा भने शशाङ्क कोइराला र विमलेन्द्र निधिले इच्छा व्यक्त गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार