काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री उदय शमशेर राणाले होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुम्वासी परिवारको पुनर्वास सुनिश्चित नगरी उनीहरूलाई त्यहाँबाट हटाउन नहुने बताएका छन् ।
घरबार गुमाएका परिवारको सुरक्षित बसोबास सुनिश्चित गर्नु सरकारको दायित्व भएको उल्लेख गर्दै राणाले होल्डिङ सेन्टरबाट हटाउने निर्णय तत्काल फिर्ता लिन माग गरेका हुन् ।
उनले भनेका छन्, ‘घरबार गुमाएर त्यहाँ आश्रय लिइरहेका परिवार अब कहाँ जाने ? यसको जवाफ दिने र उनीहरूको सुरक्षित बसोबासको व्यवस्था गर्ने जिम्मेवारी सरकारकै हो।’
राणाले प्रभावित परिवारसँगको संवादबाट पुनर्वासको व्यवस्था मिलाउनुपर्नेमा जोड दिएका छन् । पुनर्वासको व्यवस्था नभएसम्म हालकै आश्रयस्थलमा बस्न दिनुपर्ने उनको माग छ ।
उनले भने, ‘सरकारले यो निर्णय तत्काल फिर्ता लिनुपर्छ। प्रभावित परिवारसँग संवाद गरी सुरक्षित र सम्मानजनक पुनर्वासको व्यवस्था गर्नुपर्छ। पुनर्वास नभएसम्म उनीहरूले हाल आश्रय लिइरहेको ठाउँमा ढुक्कसँग बस्न पाउनुपर्छ।’
काठमाडौँ । नेपाली काँग्रेसले प्रधानमन्त्री बालेन्द्र साहले भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै आपत्ति जनाएको छ । शनिवार पार्टी मुख्यालय सानेपामा केन्द्रीय...
काठमाडौं । पूर्वमन्त्री मोहनबहादुर बस्नेतले काँग्रेस शेरबहादुर देउवा समूहको महाधिवेशनमा पार्टीको महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् । महाधिवेशनलाई लक्षित गर्दै बस्नेतले वरिष्ठ पत्रकारहरूसँगको भेटघाटका...
काठमाडौँ। खसीको मासु भन्दै बाख्रा तथा पाठीको मासु बिक्री गरेको आरोपमा काठमाडौंको टुकुचाबाट ८ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार काठमाडौं...
काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन् । अनुगमनका क्रममा उनले प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीको सुरक्षा, उपचार सेवाको...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री वालेन्द्र शाहबीच शुक्रबार भेटवार्ता भएको छ । राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा प्रधानमन्त्री शाहले आफ्नो हालै सम्पन्न...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend