Nepal Face
  • आइतबार, ७ मंसिर २०८३
  • प्रधानमन्त्री बालेन दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान


    आइतबार, मंसिर ७ २०८३
    100
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। प्रधानमन्त्री बालेन शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् ।

    उनी केहीबेरअघि मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका हुन् । भ्रमण टोलीमा अर्थमन्त्री डा। स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकारलगायत उच्चपदस्थ सरकारी अधिकारीहरू, व्यवसायी र पत्रकारसहित ३४ सदस्य छन् ।

    निजी क्षेत्रबाट ५२ सदस्यीय व्यवसायीहरूको टोली आफ्नै खर्चमा भ्रमणमा सहभागी हुनेछ ।

    उनी भारतीय समय अनुसार दिउँसो ३ बजेर १५ मिनेटमा भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धि विमानस्थलमा अवतरण गर्नेछन् ।

    उनी भ्रमण सकेर भोलि सोमबार अपराह्न ४ बजेर ५० मिनेटमा दिल्लीबाट स्वदेश फर्किने कार्यतालिका रहेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार