Nepal Face
  • शनिबार, ६ मंसिर २०८३
  • सरकारले भ्रष्टाचारीको संरक्षण गरेको प्रचण्डको आरोप 


    शनिबार, मंसिर ६ २०८३
    125
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारले भ्रष्टाचारीको पक्षपोषण गरेको आरोप लगाएका छन् ।

    शनिबार एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले अहिले राज्यले खुलेआम भ्रष्टाचार गर्नेलाई पक्षपोषण गरेको र त्यसकाविरुद्ध लड्नेलाई कारबाही गरेको आरोप लगाएका हुन् ।

    उनले अब पनि जनतालाई बुझाउन नसके फेरि अर्कोदुर्घटना हुने दाबी समेत गरे । सरकारले संविधान मिच्न सक्ने भन्दै उनले त्यसले देश दुर्घटनामा जाने बताए । ‘दुर्घटना टरेको छैन । जनतलाई बुझाउन सकेनौं भने फेरि अप्ठ्यारो आउँछ’, उनले थपे, ‘संविधान मिचियो भने देश फेरि दुर्घटनामा जान्छ ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार