काठमाडौं। प्रधानमन्त्री बालेन शाह आइतबार दिउँसो भारत भ्रमणमा जाने भएका छन् ।
भारत भ्रमणबारे जानकारी दिन परराष्ट्र मन्त्रालयले आज आयोजना गरेको प्रेस ब्रिफिङ अनुसार प्रधानमन्त्री शाह ६ मंसिर अर्थात आइतबार १स्४५ बजे नेपाल वायु सेवा निगमको नियमित उडानमार्फत भारतको राजकीय भ्रमणमा जानेछन् ।
भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकारलगायत सहभागी हुनेछन्।
भ्रमणमा निजी क्षेत्रबाट ५२ सदस्यीय टोली पनि सहभागी हुनेछ । उनीहरू आफ्नै खर्चमा भारत जान लागेका हुन् । निजी खर्चमै केही सञ्चारकर्मी पनि भ्रमण टोलीमा सहभागी हुनेछन्।
प्रधानमन्त्री शाहले भारत भ्रमणका क्रममा ७ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने कार्यक्रम छ।
वार्तामा दुई देशबीच सम्पर्क सञ्जाल विस्तार तथा ऊर्जा सहकार्यसँग सम्बन्धित विभिन्न परियोजनाबारे छलफल हुनेछ।
दुई दिने भारत भ्रमण सकेर उनी सोमबार साँझ ६स्३५ बजे स्वदेश फर्कने कार्यक्रम छ ।
काठमाडौं। नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहको भ्रमणमा उठाउनुपर्ने विषयमा सरकारले परामर्श नगरेकोप्रति आपत्ति जनाएको छ। कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले आज एक विज्ञप्ति जारी...
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारले भ्रष्टाचारीको पक्षपोषण गरेको आरोप लगाएका छन् । शनिबार एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले अहिले राज्यले...
काठमाडौं । एमसीए–नेपालले न्यू बुटवल सबस्टेसनदेखि न्यू दमौली सबस्टेसनसम्मको ४०० केभी क्षमताको दोहोरो सर्किटयुक्त प्रसारणलाइन निर्माण सुरु गरेको छ । एमसीए–नेपालले तनहुँ र पाल्पा...
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत प्रतिनिधि सभा निर्वाचनमा जस्तै हावाहुरी ल्याएर स्थानीय र प्रदेशसभा निर्वाचन जित्ने सोच...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भारत भ्रमणका क्रममा सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गर्ने भएका छन् । भारतको विदेश मन्त्रालयले सार्वजनिक गरेको भ्रमण...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend