काठमाडौँ । वैदेशिक रोजगारीका नाममा ठगी तथा संगठित अपराध गरेको आरोपमा पक्राउ परेका दुई पूर्वमन्त्रीसहित ६ जनालाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० प्रवक्ता अनुपम शमशेर जबराका अनुसार बिहीबार चार दिनको म्याद थप गरिएको हो।
सीआईबीले तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर र रामेश्वर राय यादवसहित ६ जनालाई पक्राउ गरेको थियो। पक्राउ पर्ने अन्यमा मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, रोजगार व्यवस्थापन महाशाखाका तत्कालीन प्रमुखद्वय उमेश ढुंगाना र राजीव पोखरेल तथा तत्कालीन कानुन अधिकृत निर्मला गुरुङ छन्।
नेपाल र मलेसिया सरकारबीचको समझदारीविपरीत वैदेशिक रोजगारीका नाममा रकम उठाएर अमेरिकी डलर र बेलायती पाउन्डमा मलेसिया पठाउने निर्णयमा उनीहरू संलग्न रहेको प्रहरीको आरोप छ।
अधिकार क्षेत्र नाघेर विदेशी मुद्रा अपचलन गराएको तथा पदीय जिम्मेवारी दुरुपयोग गरी संगठित समूहलाई लाभ पुर्याएको आरोपमा उनीहरूमाथि अनुसन्धान
काठमाडौं । पृथ्वी राजमार्गका विभिन्न क्षेत्रमा सडक मर्मत तथा निर्माणका लागि भोलि शनिबारदेखि (बिहान ११ बजेबाट-अपराह्न ४ बजेसम्म) सम्म सवारी आउजाउ बन्द गरिने भएको...
काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन वैशाखभित्र र प्रदेश सभाको निर्वाचन मंसिरमा गर्ने प्रस्ताव अघि सारेको छ। आयोगले शुक्रबार राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलका...
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले निर्वाचनको निष्पक्षताको सुनिश्चितता गर्ने जिम्मेवारी सरकारको भएको बताएका छन् । शुक्रबार निर्वाचन आयोगसँगको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै...
काठमाडौँ। सुर्खेत कारागारभित्र एक महिला बन्दीको मृत्यु भएको छ । कर्तव्य ज्यान मुद्दामा पुर्पक्षका लागि कारागारमा रहेकी १९ वर्षीया संगिता शाही मृत भेटिएकी हुन्...
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा दुई दिने राजकीय भ्रमणका लागि आइतबार भारत जाने भएका छन् । परराष्ट्र मन्त्रालयले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend