काठमाडौँ । प्रहरीले ललितपुरको नख्खु चोकतर्फ जाँदै गरेको भ्यानबाट स्रोत नखुलेको १ करोड ६७ लाख ३३ हजार २३० रुपैयाँ बरामद गरेको छ। रकमसँगै भ्यानमा सवार तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको छ।
विशेष सूचनाका आधारमा मंगलबार बिहान बा प्र ०१-०२७ च २७६५ नम्बरको भ्यान जाँच गर्दा बोराभित्र विभिन्न दरका नोट भेटिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकारीले जानकारी दिएका छन् ।
नियन्त्रणमा लिइएकामा भोजपुर नगरपालिका-३ का ३० वर्षीय दीपक खड्का, ललितपुरको गोदावरी नगरपालिका-१० बोहराटारका ३२ वर्षीय जयराम के।सी। र काठमाडौँ महानगरपालिका-१० बानेश्वरका २९ वर्षीय प्रज्वल रिजाल छन्।
प्रहरीका अनुसार उनीहरू भगवान शाहले सञ्चालन गरेको पशुपतिनाथ पराग सप्लायर्समा कार्यरत कर्मचारी हुन्। खड्का मार्केटिङको काम गर्छन् भने के।सी। भ्यान चालक र रिजाल सामान लोड गर्ने कर्मचारी हुन्।
बरामद नगदमा एक हजार दरका नोटबाट १ करोड ९ लाख ८७ हजार रुपैयाँ, पाँच सय दरका नोटबाट ५१ लाख ५० हजार रुपैयाँ र एक सय दरका नोटबाट पाँच लाख रुपैयाँ रहेको प्रहरीले जनाएको छ।
त्यस्तै, पचास दरका नोटबाट ४२ हजार ६०० रुपैयाँ, बीस दरका नोटबाट ४२ हजार ३६० रुपैयाँ, दश दरका नोटबाट १० हजार २७० रुपैयाँ र पाँच दरका नोटबाट एक हजार रुपैयाँ बरामद भएको छ।
अहिले कारवाहीका लागि ललितपुर परिसर पठाइएको प्रहरीले जनाएको छ ।
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जुनसुकै समयमा सरकारविरुद्ध आन्दोलनमा उत्रिनुपर्ने अवस्था आउन सक्ने भन्दै मानसिक र साङ्गठनिक रूपमा तयार रहन पार्टीपंक्तिलाई निर्देशन...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद पारसमणि गेलालको सचिवालयले निर्वाचनका क्रममा प्रधानमन्त्री वालेन्द्र शाह, रास्वपा सभापति रवि लामिछाने तथा सांसद गेलाल र...
काठमाडौँ। पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सातै प्रदेश अधिवेशनमा सहभागी हुने भएका छन्। कांग्रेसको देउवा पक्षको प्रदेश अधिवशेन मंसिर ५ गतेबाट सुरु हुँदै...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहप्रवक्ता सुरेन्द्र चौधरीले सर्वोच्च अदालतले नेपाल प्रहरीका निवर्तमान महानिरीक्षक दानबहादुर कार्कीलाई पुनर्बहाली गरे पनि उनलाई महानिरीक्षकका रूपमा...
काठमाडौँ । नेपालको सार्वभौम साख मूल्यांकन (सोभरेन क्रेडिट रेटिङ)को अंक गत वर्षको तुलनामा वृद्धि भएको छ । अर्थ मन्त्रालयका अनुसार अन्तरराष्ट्रिय रेटिङ संस्था फिचको सोभरेन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend