काठमाडौँ । मकवानपुरको भीमफेदीमा भएको विद्युतीय माइक्रोबस दुर्घटनामा आफन्त गुमाएका परिवारसँग सभामुख डीपी अर्यालले सोमबार सर्लाहीको चक्रघट्टा गाउँपालिका-४ सुन्दरपुरमा भेट गरेका छन् । उनले पीडित परिवारलाई राहत उपलब्ध गराउन संघ, प्रदेश र स्थानीय तहसँग पहल गर्ने प्रतिबद्धता जनाए ।
शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै सभामुख अर्यालले यस्ता दुर्घटना दोहोरिन नदिन आवश्यक कदम चालिने बताए । भेटमा परिवारका सदस्यले दुर्घटनापछि भोग्नुपरेका समस्या तथा राहत र पुनर्स्थापनाको आवश्यकताबारे सभामुखलाई आफ्नो कुरा राखेका थिए ।
सभामुखसँगै सर्लाही–१ की प्रतिनिधिसभा सदस्य नितिमा कार्की, सर्लाही-२ का रविन महतो, सर्लाही-३ का नरेन्द्र साह कलवार र पर्साबाट निर्वाचित सांसद रहबर अन्सारी सुन्दरपुर पुगेका थिए । सर्लाहीका प्रमुख जिल्ला अधिकारी विजय राज सुवेदी पनि भेटमा सहभागी थिए ।
छठ मनाउन काठमाडौँबाट सर्लाही आउँदै गरेको विद्युतीय माइक्रोबस २६ कात्तिकमा मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा सडकबाट करिब ५०० मिटर तल खसेको थियो । दुर्घटनामा सुन्दरपुरको एउटै टोलका १३ जनासहित १४ जनाको मृत्यु भएको थियो भने छ जना घाइते भएका थिए ।
पर्सा र बाराको भ्रमण तथा छठ पर्वमा सहभागी हुन सभामुख अर्याल २८ कात्तिकमा मधेश आएका थिए । यसअघि आइतबार नेपाली काँग्रेसका सभापति गगन थापाले पनि सुन्दरपुर पुगेर दुर्घटनामा आफन्त गुमाएका परिवारसँग भेट गरेका थिए ।
धनगढी । बझाङमा अटो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् । बुंगल नगरपालिका-१० को टुमेडामा बिहान साढे १० बजेतिर...
काठमाडौँ। वाणिज्य बैंकहरूले मंसिर महिनाका लागि व्यक्तिगत तथा संस्थागत मुद्दती निक्षेपको ब्याजदर सार्वजनिक गरेका छन् । मंसिर १ गतेदेखि लागू हुने गरी ६ वटा...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संघीयतालाई थप बलियो बनाउन राष्ट्रियस्तरमा व्यापक छलफल र सहमति आवश्यक रहेको बताएका छन् । सो...
काठमाडौँ। तीन देशका लागि नवनियुक्त राजदूतले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। सोमबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त तीन राजदूतलाई...
काठमाडौं । सोमबार पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य तोलामा ११ सय रुपैयाँ...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend