महोत्तरी । लोक आस्थाको महापर्व छठअन्तर्गत आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदैछ। कात्तिक शुक्ल षष्ठीका दिन मनाइने यस पर्वका व्रतालु शनिबार राति खरना विधि सम्पन्न गरेसँगै निराहार व्रतमा छन्।
मिथिलाञ्चलमा चार दिनसम्म मनाइने छठ पर्व गत शुक्रबार कात्तिक शुक्ल चतुर्थीका दिन ‘नहाय–खाय’ विधिबाट सुरु भएको हो। कात्तिक शुक्ल पञ्चमीका दिन दिनभर उपवास बसेर राति सख्खरमा पकाइएको खिर इष्टदेवलाई अर्पण गरी प्रसादका रूपमा ग्रहण गर्ने विधिलाई ‘खरना’ भनिन्छ। खरना सम्पन्न गरेपछि व्रतालुको निराहार व्रत सुरु हुने परम्परा छ।
भगवान् सूर्य र सूर्यपत्नी षष्ठी अर्थात् छठी देवीको आराधना गरिने यस पर्वमा आज साँझ पवित्र जलाशयमा बनाइएका घाटमा अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिइन्छ। मिथिलामा यस विधिलाई ‘सझियाअरख’ वा ‘सझियाघाट’ भनिन्छ।
अर्घ्यका लागि घरघरमा ठकुवा, भुसुवालगायत मिष्ठान्न परिकार तयार गरिएका छन्। व्रतालुले जटासहितको नरिवल, केरा तथा अन्य फलफूल र प्रसादका सामग्री सूर्यदेवलाई अर्पण गर्नेछन्।
साँझको अर्घ्य दिएपछि व्रतालु रातभर जलाशय किनारमा बसेर छठी देवी र सूर्यको महिमासम्बन्धी गीत गाउने परम्परा छ। भोलिपल्ट सोमबार बिहान सूर्योदय हुनुअघि नै व्रतालु जलाशयमा कम्मरसम्म डुब्ने गरी पानीमा बसेर सूर्य उदाउने प्रतीक्षा गर्छन्। उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि चार दिने पर्व सम्पन्न हुन्छ। मिथिलामा बिहानको यस विधिलाई ‘भोरका अरख’ वा ‘पारन’ भनिन्छ।
सूर्य र छठी देवीको उपासनाबाट मनोकामना पूरा हुने, सुख–समृद्धि प्राप्त हुने, सन्तानबाट सुख मिल्ने तथा रोग व्याधिबाट मुक्ति पाइने जनविश्वास छ।
काठमाडौं । भारतले नेपालको जनकपुरधाम र उत्तर प्रदेशको अयोध्या जोड्ने साप्ताहिक रेल सेवा सञ्चालन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सार्वजनिक बिदाका दिन पनि ‘रियल टाइम ग्रस सेटलमेन्ट’ (आरटीजीएस) प्रणाली सञ्चालन गर्ने भएको छ। केन्द्रीय बैंकले सूचना जारी गर्दै यही कात्तिक...
काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन् । विश्वासको मत लिने प्रयोजनका लागि सभामुख रामअशिष यादवले शनिबार...
गोरखा । गोरखाको धार्चे गाउँपालिका–१ स्थित ठाडो भर्याङको जंगल क्षेत्रमा शनिबार बिहान ठूलो सुख्खा पहिरो खसेको छ । पहिरोका कारण केही ढुंगा र माटो बूढीगण्डकी...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश कार्कीले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप) मा सहभागी हुन जानेहरूले सरकारी खर्चमा गएको हो...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend