Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • सरकारी खर्चमा मन्त्रीका पीएहरू पनि कोपमा सहभागी


    शनिबार, कार्तिक २९ २०८३
    45
    Shares
    बायाँबाट अन्तिममा ऊर्जामन्त्रीका स्वकीय सचिव श्रीश पाण्डे
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश कार्कीले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप) मा सहभागी हुन जानेहरूले सरकारी खर्चमा गएको हो वा होइन भन्ने विषय सार्वजनिक गर्नुपर्ने स्पष्ट पार्नुपर्ने माग गरेका छन् ।

    जलवायुसम्बन्धी ज पनि थाहा नभएकाहरु पनि कोपमा सहभागी हुन टर्कीए गएका छन् । वालेन्द्र शाह सरकारका मन्त्रीका सल्लाहकार, स्वकीय सचिवहरुसमेत मन्त्रालय मातहतका निकायलाई हवाई टिकटदेखि पकेट खर्च ब्यहोर्न लगाएर कोपमा गएको तथ्य खुलेको छ ।

    Screenshot

    यसैक्रममा जलवायुबारे कुनै अनुभव नभएका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीका स्वकीय सचिव श्रीश पाण्डे पनि कोप–३१ मा सहभागी हुन टर्किए पुगेका छन् । उनको जलवायु वार्ता वा यस क्षेत्रमा कुनै अनुभव छैन, तर पनि आफूलाई ‘प्राविधिक सल्लाहकार’ भनेर सहभागी भएका छन् । स्वकीय सचिव पाण्डेलाई प्राविधिक सल्लाहकारको रूपमा पठाउनु नै गलत भएको ऊर्जा मन्त्रालयकै एक अधिकारी बताउँछन् ।

    पाण्डेको हवाई टिकटको खर्च वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र (AEPC) ले ब्यहोरेको ऊर्जा मन्त्रालय सम्बद्ध स्रोत बताउँछ । वार्तामा कुनै भूमिका नभएका व्यक्तिको खर्च सरकारी निकायले ब्यहोर्नु पनि भ्रष्टाचार नै भएको मन्त्रालयका अधिकारी बताउँछन् ।

    यो सार्वजनिक स्रोतको दुरुपयोग र भ्रष्टाचारकै एउटा रूप हो । जेनजी आन्दोलन यस्तै बेथितिविरुद्ध भएको थियो । के त्यो आन्दोलन यसैका लागि भएको हो ? के जलवायु वार्ताको नाममा आफ्ना मान्छेलाई टर्किए घुम्न पठाइएको हो ? यी यावत प्रश्न उठेका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार