Nepal Face
  • सोमबार, १७ कार्तिक २०८३
  • सिंहदरबारमा प्रतिपक्षी दलको बैठक सुरु


    सोमबार, कार्तिक १७ २०८३
    65
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाली कांग्रेसको आह्वानमा प्रतिपक्ष दलको बैठक सुरु भएको छ। सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा प्रतिपक्ष दलको बैठक सुरु भएको हो।

    बैठकमा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बे, नेकपा (एमाले) संसदीय दलको उपनेता पद्मा अर्याल, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) नेता वर्षमान पुन र प्रमुख सचेतक युवराज दुलाल तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओली सहभागी छन्।

    बैठकमा सरकारको स्वेच्छाचारिता, प्रेसमाथिको हस्तक्षेप र संविधानमाथिको प्रहारलगायत विषयमा छलफल हुने जनाइएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार