काठमाडौं । पश्चिम नेपालको सबैभन्दा पुरानो भेरी अस्पताल अस्तब्यस्त बनेको छ । बि.स. १९४७ मा वीर अस्पतालसँगै स्थापना भएको अस्पतालको ब्यवस्थापन लथालिङ्ग अवस्थामा पुगेको छ ।
जान्नेलाई छान्ने नीति अनुसार डा. नवीन दर्नाललाई मेडिकल सुपरिटेन्डेन्ट(मेसु) बनाएर पठाएको ९ महिना भएको छ । हालै अस्पताल विकास समितिको अध्यक्षमा अस्पतालमा कार्यरत डा. लक्ष्मण सिग्देल नियुक्त भएका छन् ।
सोही अस्पतालमा कार्यरत चिकित्सक अस्पताल विकास समितिको अध्यक्ष बन्दा स्वार्थको द्वन्द्वले स्थान लिने कुरालाई समेत नजरअन्दाज गरी नियुक्त गरिएको छ । विकास समितिको अध्यक्षले समग्र अस्पताल प्रशासनको नीतिगत निर्णय र शासकीय नियन्त्रण गर्नुपर्दछ । तर सोही अस्पतालमा कार्यरत चिकित्सक सिग्देललाई अध्यक्ष बनाएपछि अस्पतालका बरिष्ठ चिकित्सकहरुले उनले भनेको मान्ने संभावना कमजोर देखिएको छ ।
अस्पतालका बिशेषज्ञ चिकित्सकहरुबीच द्वन्द्व हुँदा कतिपय बिज्ञ चिकित्सकले अस्पताल छोडेका छन् । डा. कृष्ण अधिकारीको अनावश्यक हस्तक्षेप र दबाबले बरिष्ठ मुटुरोग बिशेषज्ञ डा. विकास नेपालले भेरी अस्पताल छोडेर मेडिकल कलेजमा काम गर्न थालेका छन् । न्यूरोलोजिस्ट डा. सुबोध गौतमले पनि मेडिकल कलेज रोजेका छन् ।
विगतमा पनि अस्पतालमा विकास समितिका अध्यक्ष र मेसुबीच कमिसन लेनदेनको बिषयमा द्वन्द्व हुने गरेको थियो । वीरेन्द्र शाहको दुबै जना मेसुसँग कमिसन लेनदेनको बिषयमा द्वन्द्व भएको थियो । डा. रायमाझी र डा. निराजन सुवेदी दुबैसँग वीरेन्द्र शाहले अस्पतालको बिल भुक्तानी हुनेबित्तिकै कमिसनको प्रतिशत लिने गरेका थिए । हालको अवस्थामा अस्पतालका अध्यक्ष र मेसु दुबै जना त्यहीँ कार्यरत चिकित्सक रहेका छन् ।
अस्पतालमा शल्यक्रियाको पालो एक बर्षमा आउँछ । सबै औषधि अस्पतालको फार्मेसीमा पाइँदैन । अस्पतालको जमिनको स्पष्ट अभिलेख छैन । अस्पतालको जमिनमा प्रदेश मातहतको स्वास्थ्य कार्यालय बसेको छ । पाँच सय शैया अस्पताल भने पनि नेपाल सरकारबाट संगठन तथा ब्यवस्थापन सर्बेक्षण प्रतिवेदन पास भएको छैन । पाँच सय शैया बिस्तार गर्न अस्पताल ब्यवस्थापनले नै पहल नगरेको आरोप छ ।
पाँच सय शैयाको अस्पतालको दरबन्दी र नगद अनुदान स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले पठाएको छैन । पाँच सय शैयाका लागि गुरु योजना पनि बनेको छैन । परसपुर जयसपुर लगायत स्थानमा भएको जग्गाको लगत अभिलेख ब्यवस्थित छैन ।
अस्पतालको सेवा जेनतेन चलेको देखिन्छ । राष्टिय स्वतन्त्र पार्टीको सरकारले आफ्ना मानिस मेसु, अस्पताल अध्यक्षलगायत जनशक्ति राखे पनि विगतको तुलनामा आम नागरिकले खास केही परिवर्तन महसुस गर्न सकेका छैनन् ।
भेरी अस्पतालमै कार्यरत चिकित्सकलाई अध्यक्ष र मेसु बनाएपछि बरिष्ठ बिशेषज्ञ डाक्टरहरुले छाडेको बिषयमा भेरी अस्पतालका मेसु डा. नवीन दर्नालले भने–‘डा. विकास नेपालले गएको असारमै र डा. सुबोध गौतमले एक बर्षअघि नै छाड्नुभएको हो ।’
अस्पतालको फार्मेसीमा औषधि नपाउने गरकोबारेमा डा. दर्नालले भने सबै औषधि पाइन्छ । अस्पतालको जग्गामा प्रदेश मातहतको जनस्वास्थ्य कार्यालय रहेको र जमिनको अभिलेख नै नभएकोबारेमा उनले भने–‘जग्गा अस्पतालको नाममा छ । हामीले अस्पतालको समीक्षा कार्यक्रममा नै जग्गा कहाँ कहाँ छ भन्ने विवरण सार्वजनिक गरेका छौं ।’
नेपाल सरकारले १ सय र समितिले ५० गरी १ सय ५० शैयामात्र भेरी अस्पतालमा भएको डा. दर्नालले बताए । पाँच सय शैयाको स्वीकृति नपाएको उनी बताउँछन् ।
भेरी अस्पताल : ५ सय शैयामा बिस्तार किन हुन सकेन ?
संघीय सरकारले २०८१ मा नेपालगन्जको भेरी अस्पताललाई ५ सय शैयामा स्तरोन्नति गरेर विशेषज्ञ र विशिष्टिकृत सेवा प्रदान गर्ने अस्पताल घोषणा गरेको थियो । स्वास्थ्य मन्त्रालयले २०८१ मा भेरीसहित सबै प्रदेशका संघीय अस्पताललाई ५०० शय्यामा स्तरोन्नति गरेर विशिष्टिकृत अस्पतालको रूपमा विकास गर्ने घोषणा गरे पनि भेरी अस्पताल ब्यवस्थापन समितिको अक्षमताले अहिलेसम्म पनि १ सय ५० सैयामै सीमित छ ।
संघीय अस्पताललाई ५०० शैयाको बनाउँदा कम्तीमा पनि एक हजार सात सय जनशक्ति आवश्यक पर्छ । त्यसका लागि अस्पताल ब्यवस्थापनले अर्थ मन्त्रालयसँग समन्वय गरी दरबन्दी स्वीकृत गराउन सकेको छैन ।
१९४७ साउन १२ मा पृथ्वी–वीर डिस्पेन्सरीको नाममा ७ शैयाबाट सेवा सुरु भएको भेरी अस्पताल २०१६–२०२१ सम्म रत्नराज्य लक्ष्मीदेवी प्रसूति गृह, २०२२ सालमा भेरी अञ्चल अस्पताल, २०७५ पुसदेखि दुई महिनामात्र प्रादेशिक अस्पताल हुँदै २०७५ फागुनदेखि संघीय अस्पताल भएको हो । वीर अस्पतालसँगै जन्मिए पनि सरकारी बेवास्ता र ब्यवस्थापन समितिको अक्षमताका कारण जनशक्ति र भौतिक पूर्वाधारको अभावमा भेरीले लक्ष्य अनुसार सेवा दिन सकेको छैन ।
काठमाडौँ। स्वास्थ्य अवस्था जटिल बनेपछि इलाममा अनशनरत प्राध्यापक डा. गोविन्द केसीलाई उपचारका लागि काठमाडौं लगिएको छ। उनलाई सेनाको हेलिकप्टरबाट सोमबार बिहान इलामबाट काठमाडौं लगिएको हो। चिकित्सा...
काठमाडौँ । गण्डकी प्रदेश सरकारले पर्वत अस्पतालमा रात्रिकालीन ड्युटीमा खटिएका स्वास्थ्यकर्मीमाथि भएको हातपात तथा दुर्व्यवहारको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। स्वास्थ्य मन्त्रालयले घटनामा...
काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले प्रा डा गोविन्द केसीसँग भएका सहमतिका बुँदा कार्यान्वयनका लागि कार्यदल गठन गरेर आवश्यक प्रक्रिया अघि बढाइएको बताएको छ...
काठमाडौं । चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवा सुधारका ६ बुँदे माग राख्दै डा.गोविन्द केसीले इलाममा आफ्नो २५औँ सत्याग्रह सुरु गरेका छन् । उनले बिहीबार...
काठमाडौँ। सम्भावित भारी वर्षा तथा त्यसबाट हुन सक्ने बाढी,पहिरो र डुबानलगायतका विपद्को जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रही पूर्वतयारी तथा प्रतिकार्यका काम...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend