Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • जाजरकोट भूकम्पः भेरी अस्पताललाई डेडिकेट अस्पताल तोकियो


    शनिबार, कार्तिक १८ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । जाजरकोट भूकम्पका गम्भीर बिरामीको उपचारका लागि बाँकेको भेरी अस्पताललाई डेडिकेट अस्पताल बनाइएको छ ।

    गम्भीर घाइते बिरामीहरु जाजरकोट र रुकुम पश्चिमबाट रिफर हुने भएकोले भेरी अस्पताललाई डेडिकेट अस्पताल बनाइएको जिल्ला प्रशासन कार्यालय बाँकले जानकारी दिएको छ । त्यसका लागि तयारी भइसकेको छ ।

    प्रशासन कार्यालयले अस्पतालमा सहज उपचारका लागि फोकल पर्सन पनि तोकेको छ । बिरामीका आफन्तलाई नरेश श्रेष्ठ (९८५११४३६६६) लाई सम्पर्क गर्न प्रशासन कार्यालयले आग्रह गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार