काठमाडौं । प्रधानमन्त्री कार्यालयको निर्देशनमा जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरिया र सुनकोसी मरिण डाइभर्सन आयोजनाका निर्देशक कृष्णप्रसाद रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
राष्ट्रिय गौरवको सुनकोशी–मरिण आयोजनाको ठेक्का प्रक्रियाका बिषयमा महानिर्देशक रजौरे र आयोजना प्रमुख रिजाललाई प्रधानमन्त्री कार्यालयले नियन्त्रणमा लिन निर्देशन दिएपछि बिहीबार प्रहरीले पक्राउ गरी काठमाडौं ल्याएको हो ।
सुनकोशी–मरिण आयोजना नयाँ ठेक्का प्रक्रियामा तीन चिनियाँ कम्पनी योग्य ठहरिएका छन् । ती कम्पनीको आर्थिक प्रस्ताव कात्तिक १६ गते खोल्ने मिति तय गरिएको थियो । तर ठेक्काको आर्थिक प्रस्ताव खोल्नुअघि नै महानिर्देशक रजौरिया र आयोजना प्रमुख रिजाल पक्राउ परेका छन् ।
प्रहरीले बिहीबार रजौरियालाई सिरहाको लहान र रिजाललाई सिन्धुलीबाट पक्राउ गरी काठमाडौँ पठाएको थियो । प्रहरी स्रोतका अनुसार दुवैलाई सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा राखिएको छ ।
राष्ट्रिय गौरवको उक्त आयोजनाको ठेक्का एकपटक रद्द भएपछि पुनः प्रक्रिया अघि बढाइएको थियो ।
अनुसन्धानका लागि भन्दै उनलाई पक्राउ गरिएको प्रहरी श्रोतले जनाएको छ । तर कुन मुद्दामा पक्राउ गरिएको भन्ने प्रहरीले जानकारी दिएको छैन ।
सुनकोशी मरिण डाईभर्सनको आगामी सोमबार खुल्ने हेडवर्क निर्माण र विद्युत गृह निर्माणको लागि आर्थिक टेण्डर खुल्ने मिति तय भएको थियो । सोही टेण्डरमा दवाव दिन टेण्डरको पूर्वसन्ध्यामा उनलाई पक्राउ गरिएको हुनसक्ने आँकलन गरिएको छ । तथापि स्पष्ट कारण खुल्न सकेको छैन ।
काठमाडौँ । प्राकृतिक विपद्पछिको खोज तथा उद्धार कार्यका क्रममा अनियन्त्रित रूपमा ड्रोन उडाउने र हवाई क्षेत्र ९एयरस्पेस०को उचित व्यवस्थापन नहुँदा हेलिकप्टरहरू आपसमा वा ड्रोनसँग...
काठमाडौं । जापानका लागि प्रस्तावित राजदूत जिज्ञान कुमार थापाबारे निर्णय लिन संसदीय सुनुवाइ समितिको बैठक बोलाइएको भएको छ । सुनुवाइ समितिको सचिवालयका अनुसार प्रस्तावित राजदूत...
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले न्यायपालिकाप्रति आम नागरिकको दृष्टिकोण नकारात्मक हुँदै गएको भन्दै चिन्ता व्यक्त गरेको छ । बारका सचिव रमणकुमार कर्णले विज्ञप्ति जारी...
काठमाडौँ । राजधानी काठमाडौँको प्रदर्शनीमार्गमा रहेको नेपालकै पहिलो व्यवसायिक संस्था नेपाल चिकित्सक संघ (नेपाल मेडिकल एशोसिएसन) को केन्द्रीय कार्यालय भवनले निर्माण सम्पन्न भएको १२...
काठमाडौं। सम्पत्ति शुदीकरणसम्बन्धी मुद्दाको पुर्पक्षका लागि थुनामा रहेका व्यवसायी दीपक भट्ट्ले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदैछ। न्यायाधीश शारङ्गा सुवेदी र शान्तिसिंह थापाको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend