Nepal Face
  • बिहिबार, १३ कार्तिक २०८३
  • सुनसरी–मरिण डाइभर्सनका आयोजना प्रमुख रिजाल कार्यालयबाटै पक्राउ


    बिहिबार, कार्तिक १३ २०८३
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • सिन्धुली । राष्ट्रिय गौरवको आयोजना सुनकोशी मरिण डाईभर्सनका आयोजना निर्देशक कृष्णकुमार रिजाल कार्यकक्षबाटै पक्राउ परेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरी टोलीले विहीबार कार्यकक्षबाटै पक्राउ गरेको हो ।

    अनुसन्धानका लागि भन्दै उनलाई पक्राउ गरिएको प्रहरी श्रोतले जनाएको छ । तर कुन मुद्दामा पक्राउ गरिएको भन्ने प्रहरीले जानकारी दिएको छैन ।

    सुनकोशी मरिण डाईभर्सनको आगामी सोमबार खुल्ने हेडवर्क निर्माण र विद्युत गृह निर्माणको लागि आर्थिक टेण्डर खुल्ने मिति तय भएको थियो । सोही टेण्डरमा दवाव दिन टेण्डरको पूर्वसन्ध्यामा उनलाई पक्राउ गरिएको हुनसक्ने आँकलन गरिएको छ । तथापि स्पष्ट कारण खुल्न सकेको छैन ।

    उक्त आयोजनाको बाँकी काम निर्माणका लागि आह्वान गरिएको टेण्डरमा ६ वटा कम्पनीको आवेदन परेकोमा ३ वटा निर्माण कम्पनीले प्राविधिक परिक्षण पास गरेका थिए ।

    ती मध्ये एउटा कम्पनीले आर्थिक टेण्डर पास गर्ने निश्चित थियो । प्राविधिक परिक्षणमा चाइना इन्टरनेशनल वाटर एण्ड इलेक्ट्रिक कर्पोरेशन बेईजिङ, अन्नेग आरसिसि जेभि र सिन्नोहाईड्रो कर्पोरेशन चाईना पास भएका थिए ।

    उनीहरुको आर्थिक टेण्डर सोमबार खोल्ने सूचना आयोजनाले द राईजिङ नेपालमा असोज २७ गते प्रकाशन गरेको थियो ।
    सुनकोशी मरिण डाईभर्सनका सूचना अधिकारी अशोकराज गौतमले पक्राउको कारण कार्यालय नै बेखबर रहेको बताए ।

    ‘कार्यालयबाटै लगिएछ हामीले पनि थाहा पाएनौं, पछि मात्र थाहा भयो’ गौतमले भने । अख्तियार वा अन्य कुनै पनि ठाउँमा आयोजनाका प्रमुख वा आयोजनाका विरुद्ध कुनै पनि मुद्दा नभएको पनि आयोजनाले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार