Nepal Face
  • मंगलबार, ११ कार्तिक २०८३
  • आनीको नियुक्ति बदरको माग गर्ने लुम्बिनी बचाउ महाअभियानका संयोजकसहित दुई जना पक्राउ


    मंगलबार, कार्तिक ११ २०८३
    85
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। रुपन्देही प्रहरीले ‘लुम्बिनी बचाउ महाअभियान’का संयोजक अक्राम खाँसहित दुई जनालाई पक्राउ गरेको छ।

    गएराति उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

    ‘सार्वजनिक शान्तिमा खलल् पुर्‍याएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो,’ प्रहरी निरीक्षक चन्द्रकिशोर शाहले भने, ‘जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर उनीहरूमाथि थप अनुसन्धान हुँदैछ।’

    संयोजक खाँले लुम्बिनी विकास कोषको उपाध्यक्षमा गायिका आनी छोइङ डोल्माको नियुक्तिको विरोध गर्दै आएका थिए।

    प्रहरीले मध्यराति घरमा सुतिरहेको अवस्थामा अभियानका संयोजक खाँ र वाजिउद्दिन मुसलमानलाई पक्राउ गरेको अभियानका सहसंयोजक रामविकास चौधरीले जानकारी दिए।

    कोषमा आनीको नियुक्ति भएदेखि नै महाअभियानले विरोध गर्दै चरणवद्ध आन्दोलन गरिरहेको छ।

    महाअभियानले संयोजकमाथि गरिएको धरपकडको विरोध गर्दै निःशर्त रिहाइको माग गरेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार