Nepal Face
  • शुक्रबार, ३० असोज २०८३
  • कांग्रेसको १५ औँ महाधिवेशनको मतगणना सकियो, शपथ ग्रहण दसैंपछि


    शुक्रबार, असोज ३० २०८३
    115
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं। नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको सम्पूर्ण मतगणना शुक्रबार बिहान सकिएको छ।

    मधेस प्रदेश र बागमती प्रदेशको अन्तिम परिणाम आएसँगै गत असोज २३ गते रातिदेखि थालिएको सम्पूर्ण पदको मतगणना सम्पन्न भएको हो।

    लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, उपत्यका, श्रमिक, शहीद परिवार तथा द्वन्द्वपीडितका तर्फबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरूको मतगणना राति नै सकिएको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिएका छन्।

    त्यसैगरी सहमहामन्त्री तथा खुला र महिला केन्द्रीय सदस्यहरू चयन हुने खस आर्य र थारूतर्फको मतगणना पनि राति अबेर सकिएको उनले बताए। सबैको मतपरिणाम रुजु गर्ने कार्य भइरहेकाले केही बेरमा नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको उनको भनाइ छ। अन्य पदहरूको भने यसअघि नै गणना सम्पन्न भइसकेको थियो।

    गत असोज २३ गते मतदान गरी त्यही दिन राति सभापतिको मतगणना सुरु गरेर अघि बढाइएको गणना कार्य झण्डै एक हप्तामा सकिएको हो। राष्ट्रिय सभागृहमा गरिएको सभापतिको मतगणनाको परिणाम २४ गते बिहानै आएको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार